राजौरीमा आतङ्कवादीहरूकाे ठेगानाको भण्डाफोर, आईईडी जफत
राजौरीमा आतङ्कवादीहरूकाे ठेगानाको भण्डाफोर, आईईडी जफत


राजौरी, 12 मार्च (हि.स.)। सुरक्षा बलहरूले जम्मू-कश्मीरको राजौरी जिल्लास्थित एक सुदूर वन क्षेत्रमा आतङ्कवादी ठेगानाको भण्डाफोर गर्दै एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) जफत गरेका छन्।

सम्बन्धित अधिकारीहरूले बिहिवार बताए, राष्ट्रिय राइफल्सका जवानहरूले गए बुधवार राती थाना मण्डीको चामरेर वन क्षेत्रमा संचालन गरेको खोजी अभियानमा उक्त ठेगानाको बारेमा पत्तो लाग्यो। आतंकवादीहरूको यस ठेगानाबाट एउटा तयार आईईडी बाहेक खाने-पिउने वस्तु तथा लता-कपड़ाहरू पनि जफत गरिएकोछ। यस मामिलामा कसैलाई पक्राउ भने नगरिएको अधिकारीहरूले थप बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande