ग्यास संकटबाट होटल तथा क्याटरिङ व्यवसाय प्रभावित
ग्यास संकटबाट होटल तथा क्याटरिङ व्यवसाय प्रभावित


सिलगढ़ी, 12 मार्च (हि.स.)। सिलगढ़ीमा भान्सा ग्यासको ठूलो अभाव रहेको कारणले होटल, रेस्टोरेन्ट तथा क्याटरिङ व्यवसायसित जोड़िएका मानिसहरूले गम्भीर संकटको सामना गरिरहेका छन्। व्यवसायीहरूको भनाइ छ, यदि स्थिति केही दिनसम्म यस्तै रहे कतिपय मानिसहरूलाई बाध्यतावश आफ्नो व्यवसाय बन्द गर्नुपर्नेछ।

सिलगढ़ी होटल ओनर्स एसोसिएशनका संयुक्त सचिव उज्जवल घोषले बताए, शहरको फुडिङ तथा लजिङ होटलहरू पनि ग्यास संकटसित जुझिरहेका छन्। अहिलेघरि पर्यटन सीजन चलिरहेको छ जसले गर्दा होटलहरूमा अतिथिहरूको संख्या बढ़्छ। तर ग्यासको अभावमा सेवाहरूलाई जारी राख्न समस्या भइरहेको छ।

उनले अझ भने, हाल रहेको धेरथोर ग्यास धेर दिनसम्म चल्दैन। यदि चाँड़ै ग्यास आपूर्ति सामान्य नभए होटलहरू बन्द गर्नुपर्ने स्थिति आइलाग्नेछ। यसबाट होटल व्यवसाय मात्र नभएर यहाँ काम गर्ने कर्मचारीहरूको रोजगार पनि प्रभावित हुनेछ।

यस संकटलाई मध्यनजर गर्दै एसोसिएशनले सेरकारसित तुरून्तै हस्तक्षेप गर्ने माग गरेको छ। उनीहरूको भनाइ छ, ग्यास आपूर्तिको समस्या चाँड़ै समाधान गरियोस् ताकि व्यवसाय सामान्य रूपमा संचालन हुन सकोस् अनि यस व्यवसायसित जोड़िएका हजारौं मानिसहरूको आजीविका सुरक्षित रहन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande