
सिलगढ़ी, 13 मार्च (हि.स.)। भान्सा ग्यास सिलेण्डरको अभाव तथा भीड़को कारणले मानिसहरूलाई भइरहेको समस्याको विरोध गर्दै शुक्रवार तृणमूल कंग्रेसको नक्सलबाड़ी ब्लक-2 का नेतृत्वहरूले ग्यास वितरण केन्द्र सामु विरोध प्रदर्शन गरे। यस अवधि पार्टी नेता तथा कार्यकर्ताहरूले केन्द्र सरकारलाई लक्षित गरे।
तृणमूल कार्यकर्ताहरूले बिहानदेखि नै पंक्तिबद्ध भएका उपभोक्ताहरूलाई पानी र बिस्कुट वितरण गरे। प्रदर्शनकारीहरूले आरोप लगाए, ग्यास सिलेण्डरको लागि उपभोक्ताहरूलाई भीड़मा उभिनु परिरहेको छ साथै विभिन्न समस्याहरू झेल्न परिरहेको छ।
जिल्ला कोर कमिटीका सदस्य औ सिलगढ़ी महकमा परिषदका सभाधिपति अरुण घोषले आरोप लगाए, यस मुद्दामा केन्द्र सरकारले कुनै स्पष्ट जवाफ दिरहेको छैन जसबाट कालो बजार बढ़्ने आशंका छ। उनले भने, सर्वसाधारण जनतालाई लगातार समस्या भइरहेको छ। पहिला विशेष गहन पुनरीक्षण (एसआईआर)- मा घण्टौंसम्म उभिनुपऱ्यो अब ग्यासको लागि पनि यसरी नै उभिनु परिरहेको छ। उनले भने, ग्यास बुकिंग गरेको 45 दिनसम्म पनि सिलेण्डर पाइरहेको छैन जसबाट मानिसहरूमा व्यापक रोष फैलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा