
अररिया 13 मार्च(हि.स.)। जिल्लाको फारबिसगञ्जमा जिल्ला प्रशासनले गुप्त सूचनाको आधारमा गए राति कारबाही गर्दै 250 वटाभन्दा अधिक भरिएको घरेलु ग्यास सिलेण्डर जफत गरेको छ।
फारबिसगञ्ज पोखर बस्ती वार्ड नम्बर- 15 अन्सारी चौकको छेउमा घरेलु सिलेण्डरको कालोबजारको भण्डाफोर प्रशासनले गरेको छ। यहाँ फारबिसगञ्ज एसडीएम अभय कुमार तिवारीको नेतृत्वमा अवर निर्वाचन पदाधिकारी अविनाश कृष्णले फारबिसगञ्ज थाना पुलिससित एउटा घर अनि गोदाम बनाएर राखिएको तालाबन्दी दोकानबाट 250 वटाभन्दा अधिक घरेलु ग्यास सिलेण्डर जफत गरे।
छापामारीमा मो. इमरान, पिता मो. साबिरको घर एवं गोदामबाट अढ़ाई सयभन्दा अधिक सिलेण्डर जफत गरियो। प्रशासनको मान्यता छ, यी सबै सिलेण्डरहरू अनाधिकृत रूपमा कालोबजारी गर्ने उद्देश्यले भण्डारित गरिएको थियो। घटनास्थलबाट सबै सिलेण्डरलाई जफत गरी फरबिसगञ्ज थानामा लगिएको छ। मो.इमरान, पिता मो.साबिर विरुद्ध आवश्यक वस्तु अधिनियम एवं अन्य सुसंगत धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गर्ने प्रक्रिया शुरू गरिएको छ।
घटनास्थलमा उपस्थित एसडीएम अभय कुमार तिवारीले बताए, जमाखोरी तथा कालो बजारलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। उनले आम जनतालाई आश्वस्त पारे, जिल्लामा घरेलु एलपीजी सिलेण्डर तथा व्यवसायिक सिलेण्डरको कुनै पनि प्रकारको अभाव छैन। ग्यासको उपलब्धता र वितरण व्यवस्थालाई सुचारु रख्नको निम्ति जिल्ला प्रशासन अनि आपूर्ति विभागले लगातार ग्यास एजेन्सीहरूको माध्यमबाट स्थितिमाथि निगरानी राखिरहेको छ। कुनै पनि ठाउँमा ग्यास सिलेण्डरको कालोबजार तथा जमाखोरी भइरहेको थाहा लागे तुरून्तै प्रशासनलाई सूचित गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा