ममता ब्यानर्जीको शासनमा पश्चिम बंगालको अर्थव्यवस्था ह्रासोन्मुख भएको छः अमित मालवीय
ममता ब्यानर्जीको शासनमा पश्चिम बंगालको अर्थव्यवस्था ह्रासोन्मुख भएको छः अमित मालवीय


कोलकाता, 13 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा) नेता अमित मालवीयले शुक्रवार पश्चिम बंगालको आर्थिक स्थितिलाई लिएर राज्य सरकारलाई लक्षित गरे। उनले भने, ममता ब्यनर्जीको नेतृत्वमा राज्यको अर्थव्यवस्था लगातार ह्रासोन्मुख भइरहेको छ।

अमित मालवीयले शुक्रवार सोशल मीडिया मञ्च ‘एक्स’-मा एउटा पोस्ट गरी आरोप लगाए, पछिल्लो 12 वर्षमा पश्चिम बंगालमा उपभोग वृद्धि देशमै सबैभन्दा मन्द रहिआएको छ। उनले भने, राज्यको शहरी सम्पन्न वर्ग जसबाट आर्थिक वृद्धि तथा निवेशले गति पाउने आशा छ,-को उपभोग स्तरमा पनि वर्ष 2011-12 पछिदेखि यता ह्रास दर्ता गरिएको छ।

उनले आरोप लगाए, यो स्थिति राज्यको खराब शासन व्यवस्था, व्यापारको लागि प्रतिकूल माहोल तथा नीतिगत गतिरोधको परिणाम हो। उनी अनुसार जब कुनै राज्यमा उपभोग कम हुन थाल्छ, त्यहाँको अर्थव्यवस्था रोकिने स्थितिमा पुग्छ।

भाजपा नेताले भने, पश्चिम बंगाल योभन्दा राम्रो आर्थिक स्थितिको हकदार छ र राज्यलाई आर्थिक ह्रासको यस चक्रदेखि बाहिर निकाल्न अवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande