असम भाजपा अध्यक्षले खेल पत्रका प्रेमधरको निधनमा शोक व्यक्त गरे
असम भाजपा अध्यक्षले खेल पत्रका प्रेमधरको निधनमा शोक व्यक्त गरे


गुवाहाटी, 13 मार्च (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप सैकियाले चर्चित खेल पत्रकर, खेल आयोजक, रेफरी तथा कमेन्टेटर प्रेमधर शर्माको निधनमा गहिरो शोक अनि दुःख व्यक्त गरेका छन्। उनले भने, उनी जानु भनेको असमको खेल जगतको लागि एक अपूरणीय क्षति हो।

आफ्नो बयानमा दिलीप सैकियाले भने, स्वर्गीय प्रेमधर शर्माले असममा खेलको क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। 1970-देखि 1995 सालसम्म उनले प्रतिष्ठित बोरदोलोई ट्रफीसँगसँगै राज्यभरिका केही फुटबल टोर्नामेन्टहरूमा बड़ो समर्पण तथा पेशागत रेफरीको रूपमा सेवा पुऱ्याए। यस अतिरिक्त उनले एक जना कमेन्टेटरको रूपमा पनि काम गरे साथै रेडियो प्रसारणको माध्यमबाट फुटबल म्याचहरूको रोमाञ्चक पललाई मानिसहरूसम्म पुऱ्याए। एक समय यस्तो थियो जतिबेला खेल प्रेमीहरू उनको विशिष्ट आवाजमा बोरदोलाई ट्रफी तथा असमका अन्य प्रमुख फुटबल टोर्नामेन्टहरूको कमेन्ट्री सुन्न हतारिन्थे।

सैकियाले अझ् भने, प्रेमधर शर्माद्वारा खेल क्षेत्रमा पुऱ्याइएको योगदानलाई सदैव स्मरण गरिनेछ। उनले दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति आफ्नो हार्दिक संवेदना व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande