
कोलकाता, 13 मार्च (हि.स.)। हावड़ा जीआरपी जिल्ला अन्तर्गत सैंथिया जीआरपी थानाको बोलपुर चौकी पुलिसले एकजना यात्रीको हराएको ट्रली ब्याग फेला पारेर त्यसको वास्तविक मालिकलाई फर्काइदियो। ब्यागमा सुनको गहना सहित अन्य सामनहरू राखिएको थियो।
शुक्रवार रेल पुलिसद्वारा प्राप्त जानकारी अनुसार गए बिहीवार बोलपुर रेलवे स्टेशनको प्लेटफर्म नम्बर-2 मा ड्यूटीमा तैनाथ पुलिसकर्मीहरूले एउटा बेवारिसे ट्रली ब्याग भेटे। पुलिसले मामिलाको विस्तृत जाँच शुरू गऱ्यो अनि जाँचबुझपछि ब्याग मालिकको बारेमा पत्तो लाग्यो। जाँचमा थाहा लाग्यो, ब्याग महाराष्ट्रको पुणे निवासी मौमिता चौधरीको हो जो बिहीवार डाउन एनजेपी वन्दे भारत एक्सप्रेसमा सवार भएका थिए। सैंथिया जीआरपी थानाले महिलालाई सूचना दियो।
पूर्ण रूपमा सत्यापन गरेपछि शुक्रवार महिलालाई उनको ट्रली ब्याग सुम्पिइयो। ब्यागमा दुई वटा सुनको चेन (लगभग 30 ग्राम), एउटा सुनको पेण्डेन्ट, एक जोड़ी कानको सुन तथा 12-14 वटा साड़ी सहित अन्य सामान रहेको थियो। आफ्नो बहुमूल्य सामान फिर्ता पाउँदा मौमिता चौधरीले पुलिसको तत्काल कारबहीको लाागि आभार व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा