कांग्रेस केन्द्रिय चुनाउ समितिको बैठक, भोलीसम्म आउनसक्छ असमको पहिलो सूची
कांग्रेस केन्द्रिय चुनाउ समितिको बैठक, भोलीसम्म आउनसक्छ असमको पहिलो सूची


नयाँ दिल्ली, 13 मार्च (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र कांग्रेस महासचिव (संगठन) केसी वेणुगोपालको उपस्थितिमा असम विधानसभा चुनाउको लागि पार्टीको केन्द्रिय चुनाउ समिति (सीईसी) को शुक्रवार बैठक भयो।

असमका सांसद एवं लोकसभामा कांग्रेसका उपनेता गौरव गोगोईले पत्रकारहरूलाई भने, बैठकमा सिट बाँड़फाँड़बारे विस्तृत रूपमा छलफल गरियो। उम्मेदवारहरूको पहिलो सूची भोलिसम्ममा जारी हुने अपेक्षा गरिएको छ। पार्टीले धेरैजसो सिटका लागि उम्मेदवारहरूको घोषणा गर्नेछ र यसले गठबन्धन दलहरूलाई छुट्याइएको सिटहरूबारे पनि जानकारी प्रदान गर्नेछ।

उल्लेख्य, असम सहित पाँच राज्यहरूको चुनाउ कार्यक्रम यस महिनाको अन्त्य वा अर्को महिनाको शुरुमा घोषणा हुनसक्छ।

गोगोईलाई झारखण्ड मुक्ति मोर्चासँगको गठबन्धनबारे सोधियो तर उनले स्पष्ट जवाफ दिएनन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande