
भुवनेश्वर, 13 मार्च (हि.स.)। आगामी राज्यसभा चुनाउअघि अडोशामा कांग्रेसले सम्भावित क्रस-भोटिंगको आशंकाबीच ‘रिसोर्ट पोलिटिक्स’ -को सहारा लिएको छ। यसै क्रमा पर्टीका छह जना विधायकहरूलाई बेंगलुरू पठाइएको छ जसमा पार्टीका मुख्य सचेतक सीएस राजन एक्का पनि सामेल छन्।
सूत्र अनुसार विधायक अशोक प्रधान, प्रफुल्ल चन्द्र प्रधान, पवित्र साउंटा, काड्राका अपाला स्वामी, सीएस राजेन एक्का एवं सत्यजित गमांग गए बिहिवार अबेर राति आफ्नो परिवारका सदस्यहरूसित बेंगलुरू पुगे। राति लगभग 11 बजी 14 जना सदस्यहरू केम्पागौडा हवाईअड्डामा उत्रिए।
वास्तवमा कांग्रेसले आगामी 16 मार्चको दिन ओडिशाबाट राज्यसभाको लागि चार वटा सीटमा हुन गइरहेको द्विवार्षिक चुनाउमा कुनै प्रकारको पनि क्रस भोटिंग वा दलबदलको सम्भावनालाई रोक्नको लागि यो कदम उठाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा