पीडीएका अर्थ हो- पावर अफ डिम्पल अखिलेश: केशव प्रसाद मौर्य
पीडीएका अर्थ हो- पावर अफ डिम्पल अखिलेश: केशव प्रसाद मौर्य


-भने- राहुल र अखिलेशले देशमा अराजकता फैलाउने चेष्टा गरिरहेका छन्

- भारतको जहाज मुम्बई आइपुग्नु प्रधानमन्त्री मोदीको सफल विदेश नीतिको उदाहरण हो

झाँसी, 13 मार्च (हि.स.)। उज्जैनमा महाकालेश्वरको दर्शन गरेपछि गए बिहिवार अबेर राति झाँसीको सर्किट हाउसमा आइपुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले पीडीएको एउटा नयाँ अर्थ बताए। उनले भने, पीडीएको अर्थ 'पावर अफ डिम्पल-अखिलेश' हो। मीडियासित बातचित गर्दै उनले राहुल गान्धी तथा अखिलेश यादवमाथि वैश्विक संकटमा पनि जनतालाई भड़्काएको तथा अराजकता फैलाएको आरोप लगाए।

उनले भने, देशमा अराजकता फैलाउने उनीहरूको यो प्रयास सफल हुनेछैन। उनले कटाक्ष गर्दै भने, सत्तामा आउनको लागि अब अखिलेशलाई पीडीए र बी पीडीएको सम्झना भइरहेको छ। भारतको जहाज मुम्बई आइपुग्नु प्रधानमन्त्री मोदीको सफल विदेश नीतिको उदाहरण रहेको उनले दाबी गरे।

गए बिहिवार अबेर राती झाँसी आइपुगेका उपमुख्यमन्त्रीले पत्रकारहरूसित चर्चा गर्दै भने, भारत विश्वमा उदियमान शक्ति हो। देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सफल विदेश नीतिकै प्रभाव हो कि विश्वका अन्य जहाजहरू आउन नसकिरहेको बाटोबाटै भारतको जहाज आज मुम्बई आइपुग्यो। भारतीय जहाजहरूको बाटो अमेरिका, इजराइल तथा ईरानबाट न कुनै समस्या आइलाग्नेछ न कुनै ग्यास, क्रुड ओयलको समस्या हुनेछ। देशका जनताले धैर्यपूर्वक सरकारका प्रयासहरूलाई सहयोग गर्नुपर्छ। देश तथा प्रदेशमा घरेलु ग्यासको कुनै समस्या हुनेछैन।

सोधिएको एक प्रश्नको जवाफमा उनले भने, यस्तो वैश्विक संकटमा पनि राहुल, अखिलेशले जसरी निच राजनीति गरिरहेका छन्, त्यसमाथि विपक्षी नेताहरूलाई लाज लाग्नुपर्ने हो। राहुल गान्धी तथा अखिलेश यादवले देशमा अराजकता फैलाउने प्रयास गरिरहेका छन्, तर उनीहरू यस प्रयासमा कदापि सफल हुने छैनन्। उनले शंकराचार्यसित अखिलेश यादवले भेट गरेको प्रश्नमा भने, अखिलेश यादवले 'मुखमा राम-राम, बगलीमा छुरा' भन्ने कथनलाई चरितार्थ गरिरहेका छन्। जुन सपाको हातमा रामभक्तहरूको रगत लागेको छ, जसले रामभक्त र शिवभक्तहरूमाथि लौरो, गोली बर्सायो, उसलाई सनातनको कुरा गर्नु शोभा दिँदैन। अखिलेश यादवले 'मुंगेरी लाल'- का सुन्दर सपनाहरू देखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande