‘हिट एण्ड रन’ मामिला: आरोपीलाई कड़ा सजाय दिनुपर्ने मागमा अदालत बाहिर प्रदर्शन
‘हिट एण्ड रन’ मामिला: आरोपीलाई कड़ा सजाय दिनुपर्ने मागमा अदालत बाहिर प्रदर्शन


सिलगढ़ी, 13 मार्च (हि.स.)। सेवक रोडमा भएको हिट एण्ड रन ममिलामा पक्रा पर्ने आरोपी देबांग्शु पाल चौधरीलाई कड़ा सजाय दिनुपर्ने मागमा मृतक परिवार तथा स्थानीय मानिसहरूले शुक्रवार सिलगढ़ी अदालत बाहिर विरोध प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार केही दिनअघि सेवक रोडमा एउटा द्रूत गतिको कारले ठक्कर दिँदा पानीट्याङ्की निवासी शंकर छेत्रीको मृत्यु भएको थियो भने एकजना युवती घाइते भएकी थिइन्। पुलिसले घटना घटेको चार दिनपछि चालक देबांग्शु पाल चौधरीलाई पक्राउ गरेको थियो। अदालतले पहिला उसलाई पुलिस हिरासत अनि पछि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।

शुक्रवार आरोपी अदालतमा पेश हुन अगावै मृतकको परिवारजन र छिमेकीहरूले अदालतको गेट बाहिर व्यापक प्रदर्शन गरे। वास्तवमा मानिसहरूले आरोपीको तस्वीर लिएर नाराबाजी गरे अनि आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरे। स्थितिलाई मध्यनजर गर्दै बिहानदेखिकै अदालत परिसरमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande