तीन सूत्रीय मागमा केएलओ लिंकम्यानको आमरण अनशन शुरू
तीन सूत्रीय मागमा केएलओ लिंकम्यानको आमरण अनशन शुरू


सिलगढ़ी, 13 मार्च (हि.स.)। उत्तर बंगालको फूलबाड़ीमा पूर्व कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ) लिंकमेनहरूले तीन सूत्रीय मागमा शुक्रवारदेखि आमरण अनशन शुरू गरेका छन्। यो अनशन रोजगार, स्थायी पुनर्वास औ अटोनोमस काउन्सिल गठन गर्ने मागलाई लिएर “एक्स-केएलओ लिंक म्यान महिला (नारी) मञ्च समन्वय समितिको ब्यानरमा शुरू गरिएको छ।

प्राप्त जानकारी अनुसार आन्दोलनकारीहरू सिलगढ़ी शहर संलग्न बटालियन मोड़मा धरना मञ्च बनएर आमरण अनशनमा बसे। यस आन्दोलनमा पुरूषहरूसँगसँगै केही महिला लिंकम्यानहरू पनि सामेल भए।

आन्दोलनकारीहरूको भनाइ छ, पूर्व केएलओ सदस्य तथा लिंकम्यानहरूको लागि तुरून्तै रोजगारको व्यवस्था गरिनुपर्छ। साथै उनीहरूको स्थायी पुनर्वासको व्यवस्था गर्न तथा क्षेत्रमा अटोनोमस काउन्सिल गठन गर्ने माग पनि उठाइएको छ।

प्रदर्शनकारीहरूले स्पष्ट पारे, जबसम्म उनीहरूको माग पूरा नहुञ्जेलसम्म उनीहरूको आमरण अनशन जारी रहनेछ। साथै उनीहरूले चेताउनी दिए, यदि चाँड़ै समाधान गरिएन भने आगामी दिनमा आन्दोलनलाई अझ् व्यापक रूप दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande