
कुचबिहार, 13 मार्च (हि.स.)। जिल्लाको मानिकगञ्जस्थित खारिजा बेरुबाड़ी क्षेत्रस्थित पांगा नदीको सतहमा ठूलो संख्यामा माछा मरेको देखियो। बोआल, आइड़ औ बाइम प्रजातिका माछा आधमरो अवस्थामा थियो भने कतिपय पूर्ण रूपमा मृत अवस्थामा थियो। यो घटना शुक्रवार सामु आएपछि क्षेत्रमा कोकोहोलो मचिएको छ।
घटनाको खबर फैलिनसाथ जल र थैला लिएर बाल-बालिकहरू, बुजुर्ग तथा महिलाहरू नदीमा पसे। घटनापछि पर्यावरण प्रेमीहरूले चिन्ता व्यक्त गरेका छन्।
पर्यावरण प्रेमीहरूको भनाइ छ, यति धेरै संख्यामा माछाहरू मर्नु कुनै सामान्य घटना होइन। अनुमान छ, राती अँध्यारोमा धेरै माछा मार्ने लोभमा परेर केही असामाजिक तत्वहरूले नदीमा विष हालिदियो होला जसबाट जल जीवहरूको मृत्यु भइरहेको छ।
कतिपय मानिसहरूको मान्यता छ, गए राती परेको पानीले छेउछावका बगानहरूबाट कीटनाशक तथा रसायन मिश्रित पानी नदीमा आएको कारणले माछाहरू मरिरहेका छन्।
पर्यावरणविद्हरूको भनाइ छ, विषाक्त तथा रसानहरूको प्रभावले मरेका माछाहरू खानु स्वास्थ्यको लागि अत्यन्त खतरनाक हुनसक्छ। विशेष गरी यदि यी माछाहरूलाई बजारमा बेचिँदैछ भने अनजानमा रहेका मानिसहरूको लागि ठूलो खतरा हुनसक्छ। उनीहरूले जिल्ला प्रशासनसित यसतर्फ ध्यान दिने अपील गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा