
मेदिनीपुर, 13 मार्च (हि.स.)। मेदिनीपुर शहरमाअपहरण गर्ने चेष्टा गरेको आरोपमा पुलिसले पाँच जना मानिसहरूलाई पक्राउ गरेको छ। यो घटना गए बिहिवार राति लगभग 9.30 बजी पंचुर चक क्षेत्रमा भएको हो। आरोप छ, केही मानिसहरूले एक जना स्थानीय युवकलाई समातेर बलजफ्ती कारमा बसाउने प्रयास गरे। युवकको नाम पलाश रहेको बताइएको छ। पलाश चिच्याएको सुनेर छेउछाउका मानिसहरू दौड़ेर घटनास्थलमा पुगे अनि आरोपीहरूलाई समाते। स्थानीय मानिसहरूले युवकलाई अपहरणकर्ताहरूको चंगुलबाट मुक्त गराए। पछि पुलिसले घटनास्थलमा पुगेर पाँचै जना आरोपीहरूलाई हिरसतमा लिएर पक्राउ गऱ्यो।
प्राथमिक जाँचमा थाहा लागेको छ, युवकको पहिचान फेसबुकको माध्यमबाट एक अज्ञात व्यक्ति (पार्थ दास)-सित भएको थियो। उक्त अज्ञात व्यक्तिसित भेट गर्नकै लागि उ त्यहाँ गएको थियो जहाँ यो घटना भयो। आरोपीले पहिला उसलाई कलेज मैदानमा भेट गर्नको लागि बोलाएको थियो, तर युवकले त्यहाँ जान अस्वीकार गरेपछि पंचुर चक क्षेत्र स्थित खादिमको दोकानमा आउन भनियो। त्यहीँबाट उसलाई बलजफ्ती कारमा बसाउने प्रयास गरिँदैथ्यो।
पुलिसले मामिलाको जाँच शुरू गरेको छ। हाल यस घटनाको पछाड़ी वास्तविक कारण के हो, स्पष्ट हुन सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
यस घटनापछि शहरको सुरक्षा व्यवस्थाप्रति मानिसहरूको चिन्ता बढ़्नु स्वभाविक हो। शहका ठाउँ- ठाउँमा सीसीटीभी क्यामरा जड़ान गरिएको भएपनि अधिकांश क्यामरा खराब वा निष्क्रिय रहेको बताइएको छ। यस स्थितिमा यो प्रश्न उठिरहेको छ कि आम नागरिक कति सुरक्षित छन्?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा