
कोलकाता, 13 मार्च (हि. स.)। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित सभालाई लिएर भारतीय जनता पार्टीले व्यापक स्तरमा तयारी गरिरहेको छ।
पार्टी सूत्र अनुसार सभालाई जनसमूहले परिपूर्ण पार्ने उद्देश्यले उत्तर बंगालबाट लगभग एक लाख मानिसहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य पार्टी नेतृत्वले निर्धारित गरेको छ। यसै परिप्रेक्ष्यमा उत्तर बंगालका आठ वटा लोकसभा क्षेत्रको लागि 16 वटा विशेष ट्रेनहरूलाई भाड़ामा लिइएको छ।
पार्टी सूत्रको भनाइ छ, कार्यकर्ता, समर्थक, नेता-नेत्री तथा आम नागरिकहरूलाई प्रधानमन्त्रीको सभामा पुग्ने क्रममा कुनै पनि प्रकारको असुविधा वा व्यवधानको सामना गर्न नपरोस् भन्ने ध्येयले यी विशेष ट्रेनहरूको व्यवस्था गरिएको छ। भनिन्छ, यी ट्रेनहरूको भाड़ा अगावै रेल मन्त्रालयलाई भुक्तान गरिसकेको छ।
उत्तर बंगालका विभिन्न जिल्लाहरू अतिरिक्त मालदाबाट पनि दुई जोड़ी ट्रेनहरूको व्यवस्था गरिएको छ। आगामी 13 मार्चमा निर्धारित समयमै यी ट्रेनहरू कोलकाता तर्फ प्रस्थान गर्नेछन् तथा 14 मार्चमा सभा समाप्त भएपछि सोही दिन पुनः फर्किनेछन्। यात्रीहरूको लागि आवागमनको व्यवस्था पूर्णतः निःशुल्क राखिएको छ साथै भोजनको पनि समुचित व्यवस्था गरिएको छ।
यस व्यापक आयोजनमाथि तृणमूल कंग्रेस, कांग्रेस तथा माकपाले चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। शुक्रवार तृणमूलका जिल्लाध्यक्ष अब्दुर रहिम बक्सी तथा कंग्रेस सांसद ईशा खान चौधरीले यस ठूलो खर्चको श्रोतलाई लिएर प्रश्न उठाएका छन्। तथापि भाजपाको भनाइ छ, कार्यकर्ता-समर्थकहरूको सुविधालाई ध्यानमा राखेर यो प्रबन्ध गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा