मुर्शिदाबादको आँप बगानमा दुई बाल्टी ताजा बम भेटियो
मुर्शिदाबादको आँप बगानमा दुई बाल्टी ताजा बम भेटियो


मुर्शिदाबाद, 13 मार्च (हि. स.)। जिल्लाको फरक्का ब्लक अन्तर्गत जयरामपुर क्षेत्रस्थित एउटा आँप बगैचाबाट दुई वटा बाल्टीमा भरिएको ताजा फेला परेको छ। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। गुप्त सूचनाको आधारमा अभियान संचालन गरी पुलिसले यी विस्फोटकहरू जफत गरेको हो।

पुलिस सूत्र अनुसार जयरामपुर क्षेत्रको एउटा आँपको बगैचामा संदिग्ध रूपमा केही वस्तुहरू थुपारेर राखेको समाचार फरक्का थाना पुलिसलाई प्राप्त भएको थियो। यसै आधारमा शुक्रवार बिहान पुलिसले क्षेत्रमा अभियान चलायो। यस अवधि आँपको बगैचाभित्रबाट दुई वटा बाल्टीमा भरिएको ताजा बम भेटियो। घटनाको खबर पाएर बमहरूलाई निष्क्रिय बनाउनको निम्ति बम स्क्वायडलाई सूचित गरियो। साथै सम्पूर्ण क्षेत्रमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। घटनास्थलमै पुलिसलाई तैनाथ गरेर सम्पूर्ण क्षेत्रलाई घेरिएको छ ताकि कुनै अप्रिय घटना नघटोस्।

फरक्का थानाका आईसी अमित मुखर्जीले भने, प्रारम्भिक रूपमा मानिँदैछ कि कुनै असामाजिक उद्देश्यले उपद्रवीहरूले यी बमहरूलाई त्यहाँ थुपारेर राखेका थिए। तथापि यो काम कसले गऱ्यो र यसको उद्देश्य के हो, पत्तो लगाउनको लागि पुलिस जाँचमा जुटेको छ।

यस घटनापछि क्षेत्रका मानिसहरू भयभित भएका छन्। स्थानीयहरूले चाँड़ोभन्दा चाँड़ो दोषीहरूलाई पक्राउ गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande