नन्दकुमारमा बस र ट्याङ्करको भिड़न्तमा 22 जना यात्री घाइते
नन्दकुमारमा बस र ट्याङ्करको भिड़न्तमा 22 जना यात्री घाइते


पूर्व मेदिनीपुर, 13 मार्च (हि. स.)। जिल्लाकेो नन्दकुमार थाना अधिनस्थ हांसगेड़िया क्षेत्रस्थित राष्ट्रिय राजमार्ग-116 मा शुक्रवार बिहान भएको भयानक सड़क दुर्घटनामा 22 जना यात्रीहरू घाइते भए। यात्रीहरूले भरिएको एउटा बस सड़क किनारमा खड़ा ट्याङ्करसित ठोक्किएर यो दुर्घटना भयो। घाइतेहरूमध्ये एकजनाकोअवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय सूत्र अनुसार शुक्रवार बिहान लगभग साढ़े छः बजे सोलपट्टा-कोलकाता रूटको एउटा बस सोलपट्टादेखि कोलकाता तर्फ गइरहेको थियो। प्रत्यक्षदर्शीहरू अनुसार बस द्रूत गतिमा गुड़िरहेको थियो। यसै अवधि चालकले अगाड़ि गुड़िरहेको अर्को बसलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमायो परिणामस्वरूप बस सड़क किनारमा राखिएको ट्याङ्करको पछाड़ि ठोक्कियो। यस भयानक ठक्करपछि बसमा सवार यात्रीहरूमा भाग-दौड़ मचियो। केही यात्रीहरू घाइते भए। दुर्घटनापछि स्थानीय मानिसहरू तुरून्तै घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे। घाइतेहरूमध्ये लगभग 14 जनालाई तमलुकको ताम्रलिप्त मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ भने अन्यलाई नन्दकुमारको खेजुरबेड़िया ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरिएको छ। अस्पताल सूत्रानुसार घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर छ।

दुर्घटनापछि बस चालक घटनास्थलबाट भाग्यो। यस घटनाको कारणले केही समयसम्म राष्ट्रिय राजमार्गमा यातायात बाधित रह्यो। सूचना पाउनसाथ नन्दकुमार थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande