शुभेन्दु अधिकारीले नयाँ राज्यपालसित गरे भेट, राष्ट्रपतिको ‘अपमान’- को मुद्दा नयाँ राज्यपाल समक्ष उठाए
शुभेन्दु अधिकारीले नयाँ राज्यपालसित गरे भेट, राष्ट्रपतिको ‘अपमान’- को मुद्दा नयाँ राज्यपाल समक्ष उठाए


कोलकाता, 13 मार्च (हि. स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले शुक्रवार भने, उनले नयाँ राज्यपाल आर. एन. रविसित आफ्नो पहिलो भेटमा राज्य सरकारद्वारा राष्ट्रपति द्रौपदी मुर्मूको कथित “अपमान”- को मुद्दा उठाए।

भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता अधिकारीले भने, राष्ट्रपति भवनद्वारा तृणमूल कंग्रेसका सांसदहरूलाई राष्ट्रपतिसित भेट गर्ने समय नदिइएको फसेलालाई स्वागत गरे। तृणमूल सांसदहरू राज्य सरकारको जनकल्याण योजनाहरूको जानकारी राष्ट्रपतिलाई दिन चाहन्थे। तर समयको अभावलाई देखाउँदै उनीहरूलाई भेट गर्न दिइएन।

उल्लेखनीय छ, राष्ट्रपति द्रौपदी मुर्मू गत शनिवार बागडोगरा हवाईअड्डामा आइपुग्दा मुख्यमन्त्री ममता ब्यनर्जी वा उनको कुनै पनि मन्त्री स्वागतको लागि त्यहाँ उपस्थित नरहेकाले उनले असन्तुष्टि व्यक्त गरेकी थिइन् जसपश्चात उनी एक अन्तर्राष्ट्रिय जनजातीय सम्मेलनमा भाग लिनको लागि त्यहाँ पुगेकी थिइन् जसपश्चात यस मुद्दामा राजनीतिक विवाद शुरू भएको थियो।

शुभेन्दु अधिकारीले भने, उनले राज्यपालसित राष्ट्रिय सुरक्षाको हितमा पश्चिम बंगालमा बंगलादेशी मुसलमानहरूको अवैध अनुप्रवेशमाथि पूर्ण रूपलमा रोक लगाउने माग पनि गरे। उनले दाबी गरे, यदि ममता ब्यनर्जी नेतृत्वाधिन सरकार सत्तमा यथावत रह्यो भने आगामी वर्ष 2041 सम्ममा पश्चिम बंगालमा हिन्दू अल्पसंख्यक बन्नेछ। उनले भने, वर्तमान समयमा राज्यको सुरक्षा सबैभन्दा ठूलो चिन्ताको विषय हो।

विपक्षका नेताले यो पनि दाबी गरे, बाँंकी महँगी भत्ताको मागलाई लिएर राज्यले सरकारी कर्मचारीहरूको एक वर्गद्वारा गरिएको कार्य बहिष्कार “100 प्रतिशत सफल” रह्यो। उनले भने, यदि आगामी विधानसभा चुनाउपछि भाजपा पश्चिम बंगालको सत्तामा आयो भने राज्य सरकारका कर्मचारीहरूलाई सातौं वेतन आयोगको लाभ दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande