सियालदह मेन शाखामा ट्रेन सेवा बाधित, यात्रीहरू समस्यामा
सियालदह मेन शाखामा ट्रेन सेवा बाधित, यात्रीहरू समस्यामा


कोलकाता, 13 मार्च (हि.स.)। सियालदह मेन शाखामा शुक्रवार बिहान ट्रेन सेवाहरू बाधित हुनाले यात्रीहरूलाई ठूलो समस्याको सामना गर्नुपऱ्यो। दमदमभन्दा अगाड़ि धेरैवटा स्टेशनहरूमा ट्रेनहरू बिसाएको खबर छ। आगरपाड़ा र बेलघरिया स्टेशनमा एकपछि अर्को ट्रेन रोकिनाले नित्य यात्रीहरूको समस्या बढ़ेको छ।

प्राप्त जानकारी अनुसार शुक्रवार बिहान आगरपाड़ा स्टेशनको प्लेटफर्म नम्बर चारमा अचानक ब्यारकपुर–बिबादी बाग लोकल ट्रेन रोकियो। लामो समयसम्म ट्रेन रोकिएको कारणले केही यात्रीहरू ट्रेनबाट उत्रिए।

आगरपाड़ा स्टेशनको प्लेटफर्म नम्बर दुई र चारबाट सियालदह जाने डाउन लाइनका ट्रेनहरू गइरहेका छन्। प्लेटफर्म नम्बर चारमा ट्रेन रोकिए पनि प्लेटफर्म नम्बर दुईबाट ट्रेनहरूको संचालन जारी रह्यो।

यात्रीहरूको भनाइ छ, प्लेटफर्म नम्बर चारको लाइनमा एकपछि अर्को गरी धेरैवटा ट्रेनहरू रोकिएका छन् जसले गर्दा उनीहरू अगाड़ि बढ़्न सकिरहेका छैनन्। तथापि ट्रेन सेवा बाधित हुनुको कारण यो समाचार लेखुञ्जेलसम्म स्पष्ट हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande