सड़क दुर्घटनामा महिलाको मृत्यु
सड़क दुर्घटनामा महिलाको मृत्यु


पश्चिम मेदिनीपुर, 13 मार्च (हि.स.)। जिल्लामा गए बिहीवार राती माइत गइरहेकी एकजना महिलाको सड़क दुर्घटनामा परी मृत्यु भयो। घटना दासपुर थानाको हो। मृत महिलाको पहिचान डोली दोलुई (43)- को रूपमा भएको छ जो दासपुर थाना क्षेत्रको रामगढ़ निवासी थिइन्।

प्राप्त जानकारी अनुसार तिनी आफ्नो छोरा जगन्नाथसित बाइकमा सवार भएर केशपुर थाना क्षेत्रको झलकास्थित आफ्नो माइत घर गइरहेकी थिइन्। यसै अवधि राती लगभग 11 बजे घाटाल- मेदिनीपुर सड़कमा रामगढ़ प्राथमिक पाठशाला निकट बेरापाड़ामा बाइक अचानक अनियन्त्रित भयो। यसले गर्दा महिला सड़कमा झरेर गम्भीर रूपमा घाइते भइन्। सूचना पाएर घटनास्थलमा पुगेका परिवारजन तथा स्थानीय मानिसहरूले घाइते महिलालाई घाटाल महकुमा अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

घटनाको सूचनामा पुलिस पनि घटनास्थलमा पुग्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ। यस दुर्घटनाको कारणले पीड़ित परिवार सहित सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande