विधानसभा चुनाउपूर्व केशियाड़ीमा महिला केन्द्रिय बलको गस्ती
विधानसभा चुनाउपूर्व केशियाड़ीमा महिला केन्द्रिय बलको गस्ती


मेदिनीपुर, 13 मार्च (हि. स.)। आगामी विधानसभा चुनाउलाई लिएर सुरक्षा व्यवस्थालाई कड़ा बनाउने उद्देश्यले केशियाड़ी क्षेत्रमा महिला केन्द्रिय बलले रूट मार्च गऱ्यो। अन्तर्राष्ट्रिय महिला दिवसको दिन नै लगभग 70 सदस्यीय महिला केन्द्रिय बलको टीम केशियाड़ी आइपुगेको थियो। अल्फा 233 बटालियनको यस विशेष टीमलाई केशियाड़ी थानाद्वारा स्वागत गरियो।

सूत्र अनुसार गए आइतवारदेखि नै महिला जवानहरूले यहाँका विभिन्न क्षेत्रमा लगातार गस्ती गरिरहेका छन्। शुक्रवार बिहान उनीहरूले केशियाड़ीका विभिन्न ठाउँमा केही मतदान केन्द्रहरूको निरीक्षण गरे अनि स्थानीय मानिसहरूसित बातचित पनि गरे।

प्रशासनिक सूत्र अनुसार केन्द्रिय बलको यस टीमको बस्ने व्यवस्था केशियाड़ीको नछिपुर आदिवासी हाई स्कूलमा गरिएको छ भने स्कूलको कम्युनिटी कक्षमा उनीहरूको निम्ति बस्ने व्यवस्था गरिएको छ।

विधानसभा चुनाउपूर्व केशियाड़ी थाना क्षेत्रमा कानून-व्यवस्थालाई कायम राख्न तथा मतदाताहरूमा विश्वास बढ़ाउनको लागि महिला केन्द्रिय बलले पुलिसको सहयोगमा रूट मार्च शुरू गरेको छ। यस अवधि जवानहरूले विभिन्न पूथहरूको निरीक्षण गर्नको साथै मतदाताहरूसित सम्वाद पनि गऱे।

स्थानीय शिक्षक तथा विद्यार्थीहरूसित पनि उनीहरूले जनसम्पर्क गरेको देखियो। प्रशासनको मान्यता छ, यस रूट मार्चको उद्देश्य क्षेत्रमा शान्ति अनि सुरक्षाको माहोललाई कायम राख्न तथा मतदाताहरूको मनबाट भय हटाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande