जंगली हात्तीको ताण्डव, केही घर अनि फसलहरूलाई ठूलो नोक्सान
जंगली हात्तीको ताण्डव, केही घर अनि फसलहरूलाई ठूलो नोक्सान


अलिपुरद्वार, 13 मार्च (हि.स.)। जिल्लाको फालाकाटामा गए बिहीवार अबेर राती भएको घना वर्षा अनि बिजुली आपूर्ति ठप्प भएको फाइदा उठाएर एउटा जंगली हात्ती जंगलबाट निक्लेर आवासीय क्षेत्रमा पस्यो जसले क्षेत्रमा ठूलो ताण्डव मचायो।

सूत्र अनुसार जलदापाड़ा राष्ट्रिय उद्यानबाट आएको उक्त जंगली हात्तीले अलिपुरद्वार-1 ब्लकको शालकुमारहाट र फालाकाटा ब्लकको बंशीधर गाउँका कतिपय घरहरू सहित खेतहरूलाई पनि नोक्सान पुऱ्यायो। नयाँ पाड़ा गाउँका बासिन्दा अतिन चन्द्र रायको केरा, मकै तथा गुवा बगानसँगसँगै आलुको खेतलाई हात्तीले पूर्ण रूपले नष्ट बनाइदियो। त्यसपछि हात्तीले केही घरहरूको भान्सा घरलाई भत्काएर चामल खायो।

ग्रामीणहरूको आरोप छ, पानी परेको राती बिजुली नभएको कारणले हात्तीहरूको गतिविधि थाहा पाइएन। पछि वन विभागका कर्मचारीहरूले घटनास्थलमा पुगेर हात्तीलाई जंगलतिरै लखेटे।

जलदापाड़ा वन विभागले बतायो, नोक्सानको मूल्यांकन गरिँदैछ र नियमानुसार चाँड़ै प्रभावित मानिसहरूलाई क्षतिपूर्ति दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande