
गुवाहाटी, 14 मार्च (हि.स.)। असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले बरपेटा जिल्लाको बरपेटा रोडमा एक अभियान अवधि एकजना संदिग्ध जिहादीलाई पक्राउ गरेको छ। यस कारबाहीपछि राज्यमा चरमपन्थी तत्वहरूविरूद्ध भइरहेको कारबाही तीव्र भएको छ। पुलिस सूत्रले बताएको छ, जिहादीलाई बितेको राती पक्राउ गरिएको हो जसलाई हाल गुवाहाटीमा ल्याएर जाँचबुझ गरिँदैछ।
पक्रा पर्ने व्यक्तिको पहिचान मुस्तफिजुर रहमानको रूपमा भएको छ जसलाई एसटीएफले एक विशेष अभियानमा समातेको हो। यो अभियान पछिल्लो पक्राउबाट प्राप्त गुप्त जानकारीसित जोड़िएको छ।
सूत्र अनुसार यो ताज़ा अभियान दुई संदिग्ध जिहादीहरूसित जाँचबुझ तथा उनीहरूक स्वीकारोक्तिपछि शुरू गरिएको थियो जसलाई यस जाँचको सिलसिलामा पहिला नै पक्राउ गरिएको थियो।एसटीएफा जवानहरूले बरपेटा रोडमा अभियान चलाएर अन्ततः रहमानलाई पक्राउ गरे। सुरक्षा अधिकारीहरूको मान्यता छ, यस पक्राउबाट संदिग्ध नेटवर्क तथा योसित सम्भावित सम्पर्कको बारेमा अझ महत्वपूर्ण जानकारीहरू हात लाग्नसक्छ।
अधिकारीहरूले अहिलेसम्म पनि आरोपीहरूको संदिग्ध गतिविधि तथा यिनीहरूसित कुनै पनि संगठन जोड़िएको बारेमा विस्तृत जानकारी दिएका छैनन्, तर संकेत दिएका छन्, जाँच अहिले जारी छ अनि यस मामिलामा अझ नयाँ कुराहरूको खुलासा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा