आब्सूका पूर्व अध्यक्ष दीपेन बोड़ो यूपीपीएलमा सामेल
आब्सूका पूर्व अध्यक्ष दीपेन बोड़ो यूपीपीएलमा सामेल


उदालगुरी (असम), 14 मार्च (हि.स.)। अल बोडो स्टूडेन्ट्स यूनियन (आब्सू) का पूर्व अध्यक्ष दीपेन बोड़ो शनिवार औपचारिक रूपमा यूनाइटेड पीपल्स पार्टी लिबरल (यूपीपीएल)-मा सामेल भए। यो बोडोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)- को राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण घटनाक्रम हो।

बोड़ोले गए शुक्रवार नै आब्सू अध्यक्ष पदबाट राजीनामा दिएका थिए जसबाट यस प्रभावशाली छात्र संगठनसित उनको लामो सम्बन्ध समाप्त भयो। उनले उदालगुरी जिल्लामा शनिवार आयोजित यूपीपीएलको एक बैठकमा आधिकारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरे।

उनी यूपीपीएल अध्यक्ष प्रमोद बोड़ो, असमका क्याबिनेट मन्त्री यूजी ब्रह्म र सांसद रनगौरा नार्ज़ारीको उपस्थितिमा पार्टीमा सामेल भए। यस अवसरमा पार्टीका अन्य नेता तथा समर्थकहरू पनि उपस्थित थिए।

दीपेन बोड़ो लगभग 25 वर्षसम्म आब्सूसित जोड़िरहे भने उनले संगठनका विभिन्न पदहरूमा बसेर सेवा पुऱ्याए। आफ्नो कार्यकाल अवधि उनले बोड़ो समुदायको कल्याण र समग्र विकासको लागि कार्य गरे।

ज्ञात होस्, आब्सू बोड़ो समाजको विशाल एवं प्रभावशाली छात्र संगठन हो। यूपीपीएलका अध्यक्ष बन्नअघि प्रमोद बोड़ो पनि आब्सूका अध्यक्ष रहिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande