
आसनसोल, 14 मार्च (हि.स.)। आसनसोलको रवीन्द्र भवनस्थित बीएनआर मोड़मा ग्यास सिलेण्डरको बढ़्दो मूल्यको विरोधमा कंग्रेसले गऱ्यो अनौठो प्रदर्शन। पश्चिम बर्धमान जिल्ला कंग्रेस नेतृत्व औ महिला कंग्रेसले संयुक्त रूपमा ग्यास सिलेण्डरको प्रतीकात्मक लाश सजाएर केन्द्र सरकारको विरोध गऱ्यो।
प्रदर्शन अवधि लाशको अगाड़ि चुला बालेर त्यसमा खिचड़ी पकाइयो। कंग्रेस नेताहरूको भनाइ थियो, भान्सा ग्यासको लगातार बढ़्दो मूल्यको कारणले आम मानिसहरूको लागि खाना पकाउनु समस्या भइरहेको छ, त्यसैले उनीहरूलाई फेरि चुलामा खाना पकाउन परिरहेको छ।
यस अवसरमा कंग्रेस नेत्री श्रीलता ब्यनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै भनिन्, सरकारका नीतिहरूको कारणले आम जनता हैरान भएका छन्। उनले आरोप लगािन्, भान्सा ग्यासदेखि लिएर खाद्य सामग्रीसम्मको मूल्य द्रूत गतिमा बढ़िरहेको छ जसबाट मानिसहरूलाई घर धान्न गाह्रो भइरहेको छ। उनले यो पनि भनिन्, सरकाले ‘राम्रो दिन’ ल्याउने वाचा गरेको थियो, तर वर्तमान स्थितिमा आण जनता महँगी र बेरोजगारीसित जुझिरहेका छन्।
यसरी नै कंग्रेस नेता प्रसन्जित पोइतूंडीले भने, पछिल्लो 12 वर्षमा केन्द्र सरकारका नीतिहरूको कारणले आम मानिसहरूलाई कैयौं पटक समस्याको सामना गर्न परिरहेको छ। उनले नोटबन्दी र ग्यास सिलेण्डरको बढ़्दो मूल्यको उल्लेख गर्दै भने, हालैमा सिलेण्डरको मूल्य 60 रुपियाँ बढ़ेको कारणले सोझै रूपमा आम जनता प्रभावित भइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा