चन्दन नगरको गोदाममा आगलागी, तीन वटा दमकल इञ्जन घटनास्थलमा
चन्दन नगरको गोदाममा आगलागी, तीन वटा दमकल इञ्जन घटनास्थलमा


हुगली, 14 मार्च (हि.स.)। हुगली जिल्लाको चन्दन नगरस्थित सुरेर पुकुर क्षेत्रमा रहेको एउटा गोदाममा गए शुक्रवार राती भयानक आगो लाग्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। आगोलाई निभााउनको लागि दमकलका तीन वटा वाहनहरूसितै दमकलकर्मीहरू घटनास्थलमा आइपुगे अनि अबेर रातीसम्म आगोलाई नियन्त्रण गर्ने प्रयास गरे।

स्थानीय मानिसहरू तथा दमकल सूत्रानुसार यस गोदाममा भाँचिएको-फुटेका सामानहरू राखिन्थ्यो। तथापि आगो कसरी लाग्यो अहिले नै स्पष्ट हुन सकेको छैन।

प्रत्यक्षदर्शीहरू अनुसार अबेर राती अचानक एकपछि अर्को सिलेण्डर पड़्केको आवाज सुनियो जसबाट क्षेत्रमा भय फैलियो। तीव्र आवाज सुनेर घर बाहिर निक्लेका मानिसहरू ह्वारह्वारती आगो बलिरहेको देखे। साथै वरिपरी कालो धुँवाले भरिएको थियो।

स्थानीय मानिसहरूले शुरूमा आफै आगोलाई निभाउने चेष्टा गरे अनि पछि दमकललाई सूचित गरे। सूचना पाएको क्षणभरमै दमकलका तीन वटा वाहनले घटनास्थलमा पुगेर आगो निभाउन शुरू गऱे। दमकलकर्मीहरू अनुसार हाल स्थिति नियन्त्रणमा छ।

घटनाको सूचना पाएर चन्दन नगरका डिप्टी मेयर मुन्ना अग्रवाल तथा स्थानीय पार्षद मोहित नन्दी पनि घटनास्थलमा पुगे। मुन्ना अग्रवालले भने, गोदामको सम्बन्धमा यसअघि कहिल्यै पनि सिकायत प्राप्त भएको थिएन। आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ।यस घटनामा अहिलेसम्ममा कुनै पनि प्रकारको जनहानि भएको समाचार छैन।

तथापि स्थानीय मानिसहरूले दाबी गरेका छन्, यसअघि पनि गोदाममा आगो लागिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande