
मेदिनीपुर, 14 मार्च (हि.स.)। राज्यका प्रमुख समुद्री पर्यटन स्थलहरूमा सामेल दिघामा भान्सा ग्यासको अनियमित आपूर्तिको कारणले पर्यटन उद्योगमाथि संकटको बादल मड़ारिन थालेको छ। ग्यासको अभावबीच कालो बजार ब ढ़्ने आशंका पनि व्यक्त गरिँदैछ जसबाट होटल तथा रेस्तोरेन्ट संचालकहरूको चिन्ता बढ़ेको छ।
माध्यमिक तथा उच्च माध्यमिक परीक्षा समाप्त भएपछि वा आगामी ईदको छुट्टीले गर्दा दिघा र मन्दरमणिको समुद्र तटमा पर्टकहरूको संख्या बढ़्न थालेको छ। यी क्षेत्रहरूमा पर्यटकहरूको भोजनको लागि ठूलो संख्यामा होटल अनि रेस्टोरेन्टहरू छन् जसको आयको मुख्य श्रोत नै पर्यटक हो, तर ग्यास आपूर्तिमा बाधा आएकोले यी व्यवसायहरूको संचालनमा पनि अनिश्चितता उत्पन्न भएको छ।
भनिन्छ, केही दिनसम्म आपूर्ति बन्द रहेपछि गत बिहीवारदेखि घरेलु ग्यास सिलेण्डरको आपूर्ति शुरू भएको छ, तर अहिलेसम्म व्यवसायिक सिलेण्डरहरूको आपूर्ति सामान्य हुन सकेको छैन। यसबाट पर्यटनसित जोड़िएका मानिसहरूको चिन्ता बढ़ेकोछ। ग्यास एजेन्सीहरूको पनि भनाइ छ, व्यवसायिक सिलेण्डरहरू कहिलेसम्ममा सामान रूपमा उपलब्ध हुन्छ, कुनै स्पष्ट छैन।
होटल तथा रेस्टोरेन्ट संचालकहरूको आरोप छ, स्थितिको फाइदा उठाएर केही मानिसहरूले कालो बजारी गरिरहेका छन्। उनीहरूको भनाइ छ, लगभग 18 सय रुपियाँको सिलेण्डर खुल्ला बजारमा 3 हजार रुपियाँसम्ममा बेचिँदैछ। उनीहरूले यस्तो कालो बजारीविरूद्ध कारबाही गर्ने माग प्रशासनसित गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा