तारकेश्वर र शेवड़ाफुलीबीच नयाँ ईएमयू लोकल ट्रेन सेवा शुरू हुने
तारकेश्वर र शेवड़ाफुलीबीच नयाँ ईएमयू लोकल ट्रेन सेवा शुरू हुने


हुगली, 14 मार्च (हि.स.)। यात्रीहरूको दीर्घकाालीक मानगलाई मध्यनजर गर्दै पूर्व रेलवेले तारकेश्वर र शेवड़ाफुलीबीच नयाँ ईएमयू लोकल ट्रेन सेवा शुरू गर्ने निर्णय लिएको छ। रेलवे सूत्रानुसार यो सेवा सोमवारदेखि शुरू हुनेछ।

जानकारी मुताविक ट्रेन तारकेश्वरदेखि बिहान 10:05 बजे प्रस्थान भएर 10:53 बजे शेवड़ाफुली पुग्नेछ भने फर्किँदा शेवड़ाफुलीदेखि 11:00 बजे प्रस्थान भएर 11:50 बजे तारकेश्वर पुग्नेछ। यात्रीहरूको सुविधाको लागि यो ट्रेन मार्गका सबै स्टेशनहरूमा रोकिनेछ।

पूर्व रेलवेका एकजना अधिकारीले बताए, तारकेश्वर–हावड़ा शाखामा ठूलो संख्यामा यात्रीहरू प्रतिदिन यात्रा गर्दछन् अनि समयसँगसँगै यस मार्गमा लोकल ट्रेनहरूमा भीड़ लगातार बढ़्दै गइरहेको छ। यसै दबावलाई कम गर्नको लागि लोकल ट्रेनहरूको संख्या बढ़ाइँदैछ।

तारकेश्वरका व्यापारी अनादि दासले बताए, यहाँदेखि केही स-साना व्यापारीहरू शेवड़ाफुली हाटमा जान्छन्। केही मानिसहरू तारकेश्वरदेखि आलु र मुराई लिएर आउनेछन् भने केही व्यापारीहरू शेवड़ाफुली बजारदेखि सब्जीहरू लिएर तारकेश्वर फर्किन्छन्। उनले भने, अफिस समयमा ट्रेनहरूमा अत्यधिक भीड़ हुने भएकोले व्यापारीहरूले सही ढंगमा सामानहरू लैजान सक्दैनन्। नयाँ ट्रेन शुरू भएपछि अब भीड़ केही कम हुनेछ जसबाट सबै लाभान्वित हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande