विधायक रबिराम नार्जारीले विकासमूलक परियोजाहरूको शिलान्यास गरे
विधायक रबिराम नार्जारीले विकासमूलक परियोजाहरूको शिलान्यास गरे


कोकराझार (असम), 14 मार्च (हि.स.)। कोकराझार पश्चिम विधानसभा क्षेत्रका विधायक रविराम नार्जारीले शनिवार विभिन्न विकासमूलक कार्यहरू अन्तर्गत आठ वटा परियोजनाहरूको शिलान्यास गरे। यी परियोजनाहरूमा एउटा विद्यालय भवनको निर्माण सहित अन्य महत्वपूर्ण पुलहरूको निर्माण सामेल छन् जुन क्षेत्रको आवागमन सुविधालाई श्रेष्ठ बनाउनमा सहायक साबित हुनेछ।

जानकारी अनुसार कोकराझार वेस्ट विधानसभा क्षेत्र अन्तर्गत फकिराग्राम परिषद क्षेत्रमा गुवाबाड़ी–बहादुरपाड़ा सम्पर्क मार्ग तथा काशिबाड़ी पाखिरीरतललाई जोड़्ने लस्का नदीमा पुल निर्माण कार्यको शिलान्यास गरियो। यस अतिरिक्त काचुगाउँ परिषद क्षेत्रको अमिनाकाटा हायर सेकेण्डरी स्कूलमा नयाँ विद्यालय भवन निर्माणको आधारशिला पनि राखियो।

यसै क्रममा गुमा परिषद क्षेत्र अन्तर्गत ताजपुर–बंगलाबाड़ी पुल, बाबूबिल–नालुबस्ती पुल तथा गुवाबाड़ी–गोसाईगाउँ पुलको निर्माण कार्यहरूको पनि आधारशिला राखियो साथै काचुगाउँ परिषद क्षेत्रमा अहमदपुर–हंसबिल पुल निर्माण परियोजनाको पनि शिलान्यास ग रियो।

यस अवसरमा डा. रेजाउल करिम दिलदार अली समेत बोड़ोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)- का केही केन्द्रिय नेता एवं ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande