
जलपाइगढी, 14 मार्च (हि.स.)। जिल्लाको गयेरकाटा चिया बगानको बाँस लाइन सामु एशियन हाईवे-48 मा भएको सड़क दुर्घटनामा एकजना महिला चिया श्रमिकको मृत्यु भयो। मृतकाको पहिचान पतनु खचुआ (55)-को रूपमा भएको छ। यस दुर्घटनामा अन्य दुईजना श्रमिकहरू क्रमैले अफ्रिला लकड़ा र राजकुमारी बाड़ा गम्भीर रूपमा घाइते बएका छन् जसलाई जलपाईगुड़ी सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरिएको छ जहाँ दुवैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
सूत्र अनुसार शनिवार बिहान चिया बगानका श्रमिकहरूको समूहले काममा जानको लागि सड़क पार गरिरहेको थियो। यसै अवधि द्रूत गतिको एउटा लरीले तीनैजनालाई कुल्चिएर त्यहाँबाट भाग्ने प्रयास गऱ्यो। घटनाको विरोधमा आक्रोशित श्रमिकहरूले धुपगुड़ी-वीरपाड़ा जाने एशियन हाइवेलाई जाम गरेर प्रदर्शन गर्न शुरू गरे। लगभग डेढ़ घण्टासम्म सड़क जाम रहेकोले क्षेत्रमा ठूलो ट्राफिक जामको स्थिति उत्पन्न भयो।
स्थितिलाई नियन्त्रण गर्नको लागि बानरहाट थाना प्रभारी सूरज थापा र धुपगुड़ीका एसडीपीओ अरिन्दम पाल चौधरीको नेतृत्वमा ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिसले आश्वासन दिएपछि सड़क जामलाई हटाइयो। पुलिसले दुर्घटनामा सामेल लरीलाई जफत गरेको छ साथै क्षेत्रमा ट्राफिक ब्यारियरलाई जड़ान गर्ने कार्य शुरू गरिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा