
कोलकाता, 14 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार नन्दीग्राम दिवस औ किसान दिवसको अवसरमा नन्दीग्राम, सिंगुर र नेताई सहित विश्वभरिका सबै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राज्यका किसानहरूप्रति सम्मान व्यक्त गरिन्।
ममता ब्यानर्जीले सोशल मीडिया मञ्च ‘एक्स’-को आफ्नो पोस्टमा भनिन्, नन्दीग्रामको कृषि भूमि आन्दोलनका शहीदहरूको स्मृतिमा हरेक वर्ष यस दिनलाई ‘किसान दिवस’ -को रूपमा मनाइन्छ। उनले सबै कृषक दाज्यु-भाइ तथा दिदी-बहिनीहरू अनि उनीहरूका परिवारहरूलाई शुभकामना दिइन्।
मुख्यमन्त्रीले भनिन्, कृषक राज्य तथा देशका गौरव हुन् साथै अन्नदाता पनि। त्यसैले उनीहरूको हरेक आवश्यकतामा राज्य सरकार उनीहरूको साथमा छ।
उनले बताइन्, राज्य सरकारले ‘कृषकबन्धु (नयाँ)’ योजना अन्तर्गत किसानहरूलाई आर्थिक सहयोग प्रदान गरिरहेको छ। यस योजना अन्तर्गत किसानहरूलाई दश हजार रुपियाँ प्रतिवर्ष दिइनेछ भने कम जमीन भएका किसानहरूलाई न्यूनतम चार हजार रुपियाँको सहायता राशि दिइनेछ। यो राशिलाई दुई किस्तामा खरिफ र रबी मौसममा सोझै ब्यांकमा पठाइनेछ।
मुख्यमन्त्री अनुसार यस योजना अन्तर्गत अहिलेसम्मा 30,051 कड़ोर रुपियाँको आर्थिक सहायता दिसकिएको छ भने 1.14 कड़ोरभन्दा अधिक किसानहरू यसबाट लाभान्वित भएका छन्।
उनले बताइन्, अब खेत मजदुरहरूलाई वर्षेनी दुई किस्तामा चार हजार रुपियाँको सहायता राशि दिइँदछ भने लगभग 28 लाख आवेदकहरूको ब्यांक खातामा गए 8 मार्चदेखिको राशि पठाउन शुरू गरिएको छ।
ममता ब्यानर्जीले भनिन्, ‘कृषकबन्धु (मृत्युजनित सहायता)’ योजना अन्तर्गत 1.70 लाखभन्दा अधिक किसान परिवारहरूलाई लाभ प्राप्त भएको जसको लागि 3,419 कड़ोर रुपियाँ वितरण गरिएको छ।
उनले भनिन्, ‘बंगला शस्य बीमा योजना’ अन्तर्गत बीमा प्रीमियमको सम्पूर्ण खर्च राज्य सरकारले वहन गर्छ। अहिलेसम्ममा 1.15 कड़ोर किसानहरूलाई 4,005 कड़ोर रुपियाँभन्दा अधिक क्षतिपूर्ति दिसकिएको छ।
यस अतिरिक्त कृषि यन्त्रीकरण परियोजना अन्तर्गत 6.01 लाखभन्दा अधिक कृषि उपकरण किसानहरूमा वितरण गरिएको छ भने 1,321 कड़ोर रुपियाँंभन्दा अधिक खर्च गरिएएको छ। राज्यमा 2,525 कृषि यन्त्र भाड़ा केन्द्रहरू पनि स्थापना गरिएको छ।
मुख्यमन्त्रीले भनिन्, कम मूल्यमा फसलहरू बिक्री गर्नदेखि रोक्नको लागि राज्य सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिरहेको छ। यस वर्ष 70 लाख मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखिएको छ। उनले भनिन्, भविष्यमा पनि राज्य सरकार यसरी नै किसानहरूको साथमा रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा