प्रधानमन्त्री मोदीको ब्रिगेड सभामा सामेल हुनका लागि सुन्दरवनका भाजपा समर्थकहरू नौकाहरू मार्फत प्रस्थान भए
प्रधानमन्त्री मोदीको ब्रिगेड सभामा सामेल हुनका लागि सुन्दरवनका भाजपा समर्थकहरू नौकाहरू मार्फत प्रस्थान भए


कोलकाता, 14 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाताको ऐतिहासिक ब्रिगेड परेड मैदानमा आयोजित विशाल जनसभामा सामेल हुनका लागि सुन्दरवनका सुदूरवर्ती क्षेत्रहरूबाट भारतीय जनता पार्टी (भाजपा) समर्थकहरू शनिवार सबेरै प्रस्थान भए।

सुन्दरवनका सागर द्वीप, नामखाना औ पाथरप्रतिमा जस्ता द्वीपीय क्षेत्रहरूबाट ठूलो संख्यामा कार्यकर्ता अनि समर्थकहरू पहिला नौकाको माध्यमबाट नदी तरेर मुख्य भूमिसम्म पुगे, त्यसपछि उनी कोलकाता तर्फ प्रस्थान भए।

सुन्दरवन क्षेत्रको भौगोलिक परिस्थितिको कारणले यहाँ जलमार्ग नै आवागमनको मुख्य साधन हो। त्यसैले केही समर्थकहरूले समयमा सभा स्थलमा पुग्नको लागि बिहान चाँड़ै यात्रा शुरू गरे।

स्थानीय दृश्यमा ठूलो संख्यामा मानिसहरूलाई पार्टीको झण्डा बोकेर नौकाहरूमा सवार भएको देखियो। भारतीय जनता पार्टीका नेताहरूको भनाइ छ, राज्यका सुदूरवर्ती तथा ग्रामीण क्षेत्रहरूबाट आइरहेको भीड़ले आगामी राजनीतिक प्रतिस्पर्धापूर्व समर्थकहरूको बढ़्दो उत्साहलाई दर्शाउँछ।

सुन्दरवनबाट आइरहेका एकजना समर्थकले बताए, “हामी आज नौकाबाट यसकारणले गइरहेका छौं, किनभने मोदीजी ब्रिगेडको सभामा आइरहेका छन्। वर्तमान राज्य सरकारमा धेरै भ्रष्टाचार भएको छ। जनताको लागि पठाइएको चामलसम्ममा घोटाला भएको छ। हामी यस वर्ष 2026-मा परिवर्तन चाहन्छौं।”

प्रधानमन्त्री मोदीको ब्रिगेड परेड मैदानमा सम्बोधनलाई यस वर्ष राज्यको सबैभन्दा ठूलो राजनीतिक सभाहरूमध्ये एक मानिंदैछ। यो सभालाई आगामी विधानसभा चुनाउअघि भाजपाको राज्यव्यापी जनसम्पर्क अभियानको समापन पनि मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande