शान्तिपुर स्टेट जनरल अस्पतालमा ब्लड ब्याङ्कको उद्घाटन
शान्तिपुर स्टेट जनरल अस्पतालमा ब्लड ब्याङ्कको उद्घाटन


नदिया, 14 मार्च (हि.स.)। लामो समयदेखिकै प्रतीक्षित ब्लड ब्याङ्कको अन्ततः शनिवार नदिया जिल्लाको शान्तिपुर स्टेट जनरल अस्पतालमा उद्घाटन गरियो। लगभग डेढ़ कराेड़ रुपियाँको लागतमा निर्मित यो ब्लड ब्याङ्क चाँड़ै पूर्णम रूपमा संचालन हुने आशा व्यक्त गरिएको छ।

स्थानीय मनिसहरूले पछिल्लो लामो समयदेखिकै माग गर्दै आइरहेका थिए, शान्तिपुरमा ब्लड ब्यांगको सुविधा उपलब्ध गराइयोस। यस सम्बन्धमा क्षेत्रका विधायक ब्रजकिशोर गोस्वामीलाई पनि कैयौं पटक आवेदन गरिएको थियो। विधायक भएपछि उनले यस मागलाई पूरा गर्ने आश्वासन दिएका थिए।

शनिवार आयोजित उद्घाटन समारोहमा विधायक ब्रजकिशोर गोस्वामीले भने, ब्लक ब्याङ्क बनाउनु उनको लागि ठूलो चुनौती नै भएको थियो। हालैमा यस मागलाई लिएर शान्तिपुरका केही सामाजिक संस्थाहरूले आन्दोलन पनि गरेका थिए जसावधि विधायकलाई ज्ञापन सुम्पिएको थियो।

स्थानीय मानिसहरू अनुसार अस्पतालमा ब्लड ब्याङ्क नभएको कारणले रोगीहरूका परिवारहरूलाई एक यूनिट ब्लडको लागि ठूलो समस्याको सामना गर्नुपर्थ्यो। कैयौं पटक रगतको अभावमा रोगीहरूको ज्यानसमेत जाने खतरा हुन्थ्यो।

विधायकले आश्वासन दिए, भविष्यमा शान्तिपुर स्टेट जनरल अस्पतालमा अन्य पनि आधुनिक चिकित्सा सुविधाहरू उपलब्ध गराइनेछ ताकि आपत स्थितिमा स्थानीय मानिसहरूलाई उपचारको निम्ति कोलकाता जान नपरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande