
सिलगढ़ी, 14 मार्च (हि.स.)। दिव्यांगजनहरूलाई सरकारी सुविधाहरू सहजै उपलब्ध गराउने उद्देश्यले सिलगढ़ी नगरनिगमद्वारा शहरको बाघाजतिन पार्कमा शनिवार विशेष दिव्यांग प्रमाण पत्र वितरण शिविर आयोजना गरियो। शिविरमा ठूलो संख्यामा मानिसहरूले पुगेर लाभ उठाए। कार्यक्रममा सिलगढ़ीका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार समेत नगरनिगमका केही अधिकारीगण उपस्थित थिए।
शिविरमा आए आवेदकहरूको सबैभन्दा पहिला डाक्टरहरूको टीमद्वारा स्वास्थ्य परीक्षण गरियो। त्यसपछि डाक्टरहरूको सल्लाहको आधारमा उनीहरूलाई त्यहीँ नै तुरून्त दिव्यांग प्रमात्र जारी गर्ने व्यवस्था गरियो ताकि मानिसहरूलाई बारम्बारकार्यालयहरू धाउन नपरोस् अनि अनावश्यक समस्यादेखि बच्न सकोस्। निगमको यस पहलबाट लाभान्वित भएर केही दिव्यांगजनहरूले राहत अनि सन्तोष व्यक्त गरे।
घटनास्थलमा उपस्थित मेयर गौतम देवले भने, दिव्यांगजनहरूको सुविधाको लागि नगरनिगमले समय-समयमा यस्तो शिविर आयोजना गर्दै आएको छ। केही भने, केही दिव्यांगहरूको स्थितिलाई देखेर मन दुःखी हुन्छ। हामीले उपचारको आवश्यकता रहेका दिव्यांगहरूलाई उन्नत चिकित्सा सुविधा तथा आवश्यक सहायता उपलब्ध गराउने प्रयास गरिरहेका छौं। नगरनिगमको यस पहलबाट दिव्यांगजनहरूलाई एकै ठाउँमा चिकित्सा परामर्श तथा प्रमाण पत्र पाउने सुविधा प्राप्त भइरहेको छ जुन उनीहरूको लागि ठूलो सहयोगी साबित भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा