
कोलकाता, 14 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाताको ब्रिगेड परेड मैदानमा शनिवार प्रस्तावित विशाल जनसभा हुन केही घण्टाअघि राज्यमा सत्तासिन तृणमूल कंग्रेसले उनी समक्ष पाँच वटा प्रश्नहरू राखेको छ। यो सभा पश्चिम बंगाल विधानसभा चुनाउपूर्व भारतीय जनता पार्टीको “परिवर्तन यात्रा”- को समापनको रूपमा आयोजना गरिएको हो।
तृणमूल कंग्रेसले एक्समा पोस्ट गरेको एउटा सन्देशमा प्रधानमन्त्रीलाई “राजनीतिक पर्यटक” बताउँदै केही मुद्दाहरूमा जवाफ मागेको छ।
पहिलो प्रश्न मतदाता सूचीसित सम्बन्धित छ। तृणमूलले दाबी गऱ्यो, “तार्किक विसंगति” श्रेणीमा राखिएका लगभग 60 लाख मतदाताहरूको मामिलालाई न्यायिक जाँचको लागि पठाइएको छ। पार्टीले प्रश्न गऱ्यो, ठूलो संख्यामा नाम हटाइए अनि जाँच गरिए पनि अवैध अनुप्रवेशकारीहरूको पहिचानलाई लिएर किन कारबाही भयो?
दोस्रो प्रश्न भान्सा ग्यासको मूल्य अनि आपूर्ति संकटलाई लिएर उठाइएको छ। तृणमूलले आरोप लगायो, मूल्य वृद्धिको कारणले गरीब तथा कमजोर परिवारहरूलाई कठिनाइको सामना गर्न परिरहेको छ। साथैयो पनि सोधियो, वैश्विक अस्थिरता रहेको कुरा जान्दाजान्दै पनि कुनै रणनीतिक भण्डार किन बनाइएन?
तेस्रो प्रश्न केन्द्र प्रायोजित योजनाहरू अन्तर्गत पश्चिम बंगालको कथित बाँकीसित सम्बन्धित छ। तृणमूलको दाबी छ, विभिन्न योजनाहरू अन्तर्गत राज्यको लगभग 1.96 लाख कड़ोर रुपियाँ रोकिएको छ। साथै महात्मा गान्धी राष्ट्रिय ग्रामीम रोजगार ग्यारन्टी योजनालाई लिएर पनि प्रश्न उठाइएको छ कि सर्वोच्च न्यायालयले निर्देश दिए पनि राज्यमा यसलाई पूर्ण रूपमा शुरू किन गरिएन?
चौथो प्रश्न अन्य राज्यहरूमा काम गर्ने बंगााली प्रवासी श्रमिकहरूको सुरक्षासित जोड़िएको छ। तृणमूलको आरोप अनुसार भाजपाशासित राज्यहरूमा बंगाली भाषा बोलेकै कारणले श्रमिकहरूलाई सताइँदैछ।
पाँचौ तथा अन्तिम प्रश्न बंगालको सांस्कृतिक एवं आध्यात्मिक विरासतित जोड़िएका व्यक्तित्वहरूलाई लिएर कथित अपमानको मुद्दामा उठाइएको छ। तृणमूलको प्रश्न छ, भाजपा नेताहरूद्वारा समय-समयमा बंगालका महान हस्तिहरूप्रति असम्मानजनक टिप्पणी किन गरिन्छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा