24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू
24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू


गेजिङ, 14 मार्च (हि.स.)। गेजिङ जिल्लाको राब्देन्सीस्थित पेथाङ आर्चेरी फिल्डमा आजदेखि 24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू भएको छ। उद्घाटन समारोहमा पीएचई विभागका मन्त्री एवं सिक्किम आर्चेरी एसोसिएशनका अध्यक्ष सोनाम लामा मुख्य अतिथि थिए।

यस टुर्नामेन्टको आयोजना गेजिङ आर्चेरी एसोसिएशनले गरिरहेको छ। यस टुर्नामेन्टमा सिक्किम, भुटानलगायत अन्य राज्यहरूबाट 17 दलले भाग लिइरहेका छन्।

मुख्य अतिथि मन्त्री लामाले यस क्षेत्रको लागि महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक मूल्य बोकेको आर्चेरी जस्तो परम्परागत खेलको प्रवर्द्धन गर्ने आयोजकको प्रयासको सराहना गरे। उनले जिल्लामा युवा र खेलकुद विकासमा मुख्यमन्त्रीको निरन्तर सहयोगको लागि आभार व्यक्त गरे। उनले युवाहरूलाई खेलकुदको दिशामा प्रोत्साहित गर्न सरकार र आफ्नो तर्फबाट निरन्तर समर्थनको आश्वासन पनि दिए।

टुर्नामेन्टको पुरस्कार राशि पनि यस वर्ष वृद्धि गरिएको जानकारी गराइएको छ। टुर्नामेन्टका विजेता दललाई ट्रफीसहित पॉंच लाख रूपियॉं र उपविजेता दललाई ट्रफीसहित तीन लाख रूपियॉं प्रदान गरिने छ। यस टुर्नामेन्टको फाइनल अप्रेल 2026 को पहिलो साता सम्पन्न गरिने छ।

समारोहमा मन्त्री भीमहाङ लिम्बू, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande