विश्वव्यापी महोत्सवको दौड जारी राख्दै 'शेप अफ मोमो' रूस, इटाली र नेदरल्याण्ड्समा
त्रिवेणी राई


गान्तोक, 14 मार्च (हि.स.)। सिक्किमेली फिल्म 'शेप अफ मोमो' ले अन्तरराष्ट्रिय महोत्सव सर्किटमा आफ्नो सफल यात्रा जारी राखेको छ। पुरस्कार विजेता सिक्किमकी फिल्म निर्माता त्रिवेणी राईद्वारा निर्देशित यस नेपाली भाषाको फिल्मले विश्वभरका दर्शकहरूलाई सिक्किम र यसको संस्कृतिसॅंग जोडिएको कथासँग निरन्तर परिचय गराइरहेको छ।

'शेप अफ मोमो' हालै इटालीमा सी-मुभिमा प्रदर्शित गरियो, जुन सिनेमा, साहित्य र समकालीन विचारलाई समर्पित महोत्सव हो। यसरी नै यस महिनाको अन्त्यमा फिल्मले इटालीमा ३५औं अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी फिल्म महोत्सवमा पनि प्रतिस्पर्धा गर्नेछ, जहाँ यो 'विन्डोज अन द वर्ल्ड' फिचर फिल्म प्रतियोगिताको लागि छनोट भएको छ।

हाल, निर्देशक त्रिवेणी राई र निर्माता गीता राई रूसको खान्टी-मानसिस्कमा 'स्पिरिट अफ फायर इन्टरनेशनल डेब्यू फिल्म फेस्टिवल' मा भाग लिइरहेका छन्, जुन विभिन्न राष्ट्रका उदीयमान निर्देशकहरूद्वारा डेब्यू फिल्महरूको लागि समर्पित छ। यसपछि, ‘शेप अफ मोमो’ एम्स्टर्डमको सिनेमा एसिया फिल्म फेस्टिभलमा जानेछ, जहाँ अप्रेलमा यसको डच प्रिमियर हुनेछ।

निर्देशक त्रिवेणी राईले खुशी व्यक्त गर्दै संसारका विभिन्न भागका मानिसहरूले सिक्किमको कथालाई मन पराइदिएकोमा आभार प्रकट गरिन्। उनले भनिन्, 'मेरी आमा, जो फिल्मकी निर्माता पनि हुन्, सँग यी महोत्सवहरूमा उपस्थित हुनु मेरो लागि धेरै अर्थ राख्छ। यस्तो लाग्छ कि सम्पूर्ण संसारले त्यस कथाको खुशी मनाइरहेका छन्, जुन मैले हाम्रो भान्साको टेबलमा लेख्न शुरु गरेकी थिए।'

त्रिवेणी राईले गान्तोक प्रिमियरका साथ ‘शेप अफ मोमो’ को अखिल भारतीय रिलिजको लागि अन्तिम चरणको तयारी पनि गरिरहेकी छिन्। निर्माण टोली हाल प्रमुख वितरकहरूसँग वार्तामा रहेको बताइएको छ।

यसैबीच, सिक्किमले गान्तोकमा सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सवको पहिलो संस्करण आयोजना गर्ने तयारी गरिरहेको छ, जसको लागि त्रिवेणी राईले आयोजकहरूलाई शुभकामना व्यक्त गरेकी छिन्। उनले यस महिना सिक्किममा हुने यो बहुप्रतिक्षित कार्यक्रममा सहभागी हुन मानिसहरूलाई, विशेष गरी सिनेमा प्रेमीहरूलाई आग्रह गरेकी छन्। उनले सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले भारतीय र विश्व सिनेमाको उत्कृष्टतालाई जनतामाझ पुर्‍याउन अथक प्रयास गरिरहेको बताएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande