
मेदिनीपुर, 15 मार्च (हि. स.)। राज्यभरिनै एलपीजी सिलेण्डरको पर्याप्त आपूर्ति नभएको कारण संकटको स्थिति उत्पन्न भएको छ। यस्तो स्थितिको समाधान गर्न तथा जिल्लाका महत्वपूर्ण संस्थानहरूमा ग्यासको आपूर्तिलाई सामान्य राख्नको लागि मेदिनीपुरका जिल्लाधिकारी विजिन कृष्णाले विशेष बैठक गरे। गए शनिवार अबेर साँझ जिल्लाधिकारी कार्यालयमा आयोजित सो बैठकमा पुलिस अधीक्षक पलाशचन्द्र ढाली तथा विभिन्न ग्यास कम्पनीहरूका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा ग्यास आपूर्ति औ वितरण व्यवस्थामाथि विस्तृत चर्चा गरियो। जिल्लाधिकारी विजिन कृष्णाले बताए, मुख्यमन्त्रीले नवान्नमा ओयल मार्केटिंग कम्पनीहरूसित बैठक गरी जिल्ला स्तरमा समिति बनाउने निर्देश दिएकी थिइन्। सोही निर्देश अनुरूप यो कदम उठाइएको हो। यस अतिरिक्त ग्यास कम्पनी तथा डीलरहरूलाई कड़ा निर्देश दिइएको छ कि आँगनवाड़ी केन्द्र, शैक्षणिक संस्थानहरूको छात्रावास, स्कूल तथा अस्पतालहरूलाई प्राथमिकताको आधारमा ग्यास उपलब्ध गराइयोस्। साथै घरेलु उपभोक्ताहरूको लागि पनि ग्यास आपूर्ति प्रभावित हुन नदिनको लागि यसमाथि विशेष ध्यान दिन भनिएको छ।
जिल्लाका ग्यास कम्पनीहरूका प्रतिनिधिहरूले बताए, फरवरी महिनामा जुन स्तरमा ग्यास आपूर्ति गरिएको थियो, त्यसैलाई कायम राख्ने प्रयास गरिँदैछ। तथापि एकैसाथ ठूलो संख्यामा ग्राहकहरूले बुकिंग गर्नाले पोर्टलमा तकनिकी समस्या आइरहेको छ।
यसै कारण जिल्लाधिकारीले आम मानिसहरूसिल अपील गरेका छन्, आवश्यकताभन्दा अधिक ग्यास बुकिंग नगरियोस्।
अर्कोतिर ग्यास संकटको फाइदा उठाएर कालोबजारी नगरियोस्, यसको लागि प्रशासनले कड़ा निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा