
हुगली, 15 मार्च (हि. स.)। जिल्लाको चुँचुड़ा विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसका विधायक असित मजुमदारलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ। पछिल्लो केही दिनदेखिको उनले बिहान हुनसाथ विभिन्न राजनीतिक दलहरूका नेताहरूको घरमा गएर उनीहरूको हाल-खबर सोधिरहेका छन्।
भनिन्छ, कहिले विपक्षी दल भाजपाका अस्वस्थ पञ्चायत नेतालाई भेट गर्न अस्पताल गइरहेका छन् भने कहिले क्यान्सर पीड़ित कुनै माकपा नेताको घरमा गइरहेका छन्। यसै क्रममा आइतवार बिहान चुँचुड़ाको श्यामबाबू घाट क्षेत्रमा पूर्व पार्षद औ अल इण्डिया फरवर्ड ब्लकका नेता प्रबीर राय अस्वस्थ भएको खबर पाएर विधायक उनको घरमा पुगे अनि लामो समयसम्म बातचित गरे। यस अवधि उनले हरसम्भव सहयोग तथा साथ दिने भरोसा दिलाए।
प्रबीर रायले बताए, तृणमूल विधायक पहिला पनि क्षेत्रका समस्याहरूमा उनीहरूको साथमा उभिँदै आएका छन्। उनले भने, हामी विपक्षी भए पनि मानवता उनमा छ। राजनीतिक विचारधाराहरूमा अन्तर हुनसक्छ, तर मानिस भएर मानिसलाई साथ दिनुपर्छ।
यता विधायक असित मजुमदारले यसलाई एउटा शिष्टाचार मात्र बताउँदै भने, अस्वस्थताको खबर पाएको कारणले म उनीसित भेट गर्न गएको थिएँ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, आइतवार बारत निर्वाचन आयोगद्वारा चुनाउको मिति घोषणा गरिएपछि एक-दुई दिनभित्रमा तृणमूल कंग्गरेसले उम्मेद्वारहरूको सूची जारी गर्नसक्छ। यस अवस्थामा चुँचुड़ा सीटबाट असित मजुमदारलाई उम्मेद्वार बनाउने हो कि होइन कुनै स्पष्ट छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा