आआपले 2026-को असम विधानसभा चुनाउको लागि उम्मेद्वारहरूको पहिलो सूची जारी गऱ्यो
आआपले 2026-को असम विधानसभा चुनाउको लागि उम्मेद्वारहरूको पहिलो सूची जारी गऱ्यो


गुवाहाटी, 15 मार्च (हि.स.)। आम आदमी पार्टी (आआपा)-ले आइतवार असममा यसै वर्ष 2026-मा हुन गइरहेको विधानसभा चुनाउको लागि आफ्ना 14 जना उ्म्मेद्वारहरूको पहिलो सूची जारी गऱ्यो जसमा राज्यभरिका केही निर्वाचन क्षेत्रहरूका उम्मेद्वारहरूको नाम सामेल छ।

पार्टीद्वारा जारी एक बयान अनुसार नाउबोइचा, डेरगाउं, गोहपुर, मध्य गुवाहाटी औ शिवसागर विधानसभा क्षेत्र सहित अन्य कतिपय क्षेत्रहरूका लागि उम्मेद्वारहरूको सूची घोषणा गरिएको छ।

पार्टीले नाउबोइचाबाट अच्युत दास, डेरगाउँबाट पुलिन गोगोई, गोहपुरबाट जरबोम कुतुम औ मध्य गुवाहाटीबाट अनुरूपा डेका राजालाई मैदानमा उतारेको छ भने खुमटाईबाट आशिष हजारिका, शिवसागरबाट तपन गोगोई, रंगानदीबाट टिकेन्द्र थापा र चेंगाबाट जाहिदुल इस्लाम खान मैदानमा उत्रेका छन्।

यसरी नै पार्टीले नादवार विधानसभा क्षेत्रबाट रञ्जीत बोड़ो, तिताबरबाट पल्लव सैकिया, पूर्वी ग्वालपाराबाट जिन्ना अमीर हुसैन, रहाबाट बरुण विकास दास, बोकाजानबाट मेनुका तिमुंगपी औ बिश्वनाथबाट अनन्त गोगोईलाई उम्मेद्वार बनाएको छ।

आआप नेताहरूले भने, उम्मेद्वारहरूको चयन पार्टी कार्यकर्ता तथा स्थानीय नेताहरूसित विचार-विमर्श गरिएपछि गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande