मुख्यमन्त्रीले असमका सरकारी क्यान्सर अस्पतालहरूको नेटवर्कको उपलब्धि बारे विस्तार पूर्वक बताए
मुख्यमन्त्रीले असमका सरकारी क्यान्सर अस्पतालहरूको नेटवर्कको उपलब्धि बारे विस्तार पूर्वक बताए


गुवाहाटी, 15 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, राज्यमा अब सरकारी क्यान्सर अस्पतालहरूको एउटा ठूलो नोटवर्क संंचालन भइरहेको छ जसलाई उनले भारतको अन्य कुनै पनि राज्यको तुलनामा बेजोड़ बताए।

गुवाहाटीको बिरूबारीस्थित प्रागज्योतिष मेडिकल कलेज एण्ड अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै भनले भने, आज दुई वटा नयाँ क्यान्सर उपचार केन्द्रहरूको उद्घाटन भएको छ। राज्यले असम क्यान्सर केयर फाउण्डेशन (एसीसीएफ) अन्तर्गत 17 वटा क्यान्सर अस्पतालहरूको एउटा नेटवर्क बनाउने योजना बनाएको छ। यो राज्य सरकार तथा टाटा ट्रष्ट्सको एक संयुक्त पहल हो। यसमा 12 वटा अस्पतालहरू पहिलाबाटै संचालनमा छन्। थप दुई वटा क्यान्सर उपचार केन्द्र जुन गोलाघाट र तिनसुकियामा अवस्थित छ,-को उद्घाटन केन्द्रिय गृहमन्त्री अमित शाहले भर्चुअली गरे। एसीसीएफ प्रोजेक्ट अन्तर्गत हरेक केन्द्रलाई 135 कड़ोर रुपियाँमा निर्माण गरिएको हो।

यस पहलको शुरुआती क्षणलाई स्मरण गर्दै मुख्यमन्त्रीले भने, यस प्रोजेक्टको विचार कोभिड-19 महामारीभन्दा पहिला एक बैठकमा आएको थियो जसमा अमित शाह र उद्योगपति रतन टाटा सामेल थिए। त्यसताक गृहमन्त्रीले रतन टाटासित भनेका थिए, तपाईले पूर्वोत्तरको हरेक राज्यमा एउटा क्यान्सर अस्पताल बनाउनुपर्छ। त्यसपछि असमले एउटा ठूलो सपना देख्यो।।

मुख्यमन्त्री अनुसार असम सरकार र टाटा ट्रष्ट्सले सारा राज्यमा 17 वटा क्यान्सर अस्पताल बनाउनको लागि एउटा सम्झौता गऱ्यो जसमा दुवै पक्षले लागतको 50-50 प्रतिशत योगदान दियो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, किमोदेखि लिएर रेडियोथेरपी तथा सर्जरीसम्म आज हामीसित 12 वटा क्यान्सर अस्पतालहरू छन्। गृहमन्त्री अमित शाहले गोलाघाट र तिनसुकियामा थप दुई वटा अस्पतालहरूको उद्घाटन गरे अनि थप तीन वटा अस्पतालहरूको साथमा यो सपना पूरा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande