
कोलकाता, 16 मार्च (हि. स.)। राज्य सरकारले कर्मचारी, पेन्शनभोगी तथा शैक्षणिक संस्थानहरूका शिक्षकों एवं अशिक्षण कर्मचारीहरूसित गरेको वाचालाई पूरा गरेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले यो कुरा आइतवार सोशल मीडियाको एउटा पोस्टको माध्यमबाट भनेकी छन्।
मुख्यमन्त्रीले सोशल मीडिया मञ्च एक्सको एउटा पोस्टमा बताइन्, राज्य सरकारका कर्मचारी र पेन्शनभोगी साथै शैक्षणिक संस्थानहरूका लाखौं शिक्षक तथा अशिक्षक कर्मचाारीहरू एवं पञ्चायत, नगरपालिका औ अन्य स्थानीय निकायहरू जस्तै अनुदान प्राप्त संस्थाहरूका कर्मचारी अनि पेन्शनभोगीहरूले मार्च, 2026 देखि रोकिएको वर्ष 2009 को डीएको बाँकी राशि प्राप्त गर्न शुरू गर्नेछन्।
उनले भनिन्, यो भुक्तान राज्यको वित्त विभागद्वारा जारी अधिसूचनामा तय गरिएको प्रक्रिया अनुरूप गरिनेछ। ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, ‘माँ-माटी-मानुष’ सरकार आफ्ना कर्मचारी तथा पेन्शनभोगीहरूसित गरेको वाचालाई पूरा गर्नको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा