मुख्यमन्त्री 'अपना घर आश्रम'- को 12औं वार्षिकोत्सवमा सामेल भइन्
मुख्यमन्त्री 'अपना घर आश्रम'- को 12औं वार्षिकोत्सवमा सामेल भइन्


नयाँ दिल्ली, 15 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आज बूढ़पुर स्थित 'अपना घर आश्रम'- को 12औं वार्षिकोत्सव तथा संस्थाको रजत जयन्ती समारोहमा सम्मिलित भइन्।

मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरिन्, पछिल्लो 26 वर्षदेखिको यो संस्थानले बेसहारा, निराश्रित औ अस्वस्थ मानिसहरूको निःस्वार्थ भावले सेवा गर्दै आइरहेको छ। वर्तमानमा संस्थाका 70 वटाभन्दा अधिक केन्द्रहरू भारतभरि नै संचालित छन् भने विदेशहरूमा पनि यसको सेवा निरन्तर विस्तारित भइरहेको छ। उनले भनिन्, श्रद्धेय पण्डित दीनदयाल उपाध्यायजीको 'अन्त्योदय'- को दर्शनलाई ध्येय मान्दै हाम्रो सरकारले पनि दिल्लीका प्रत्येक आवश्यकतामा रहेका मानिसहरूसम्म सम्मान, सुरक्षा तथा सहायता पुऱ्याउने काम पूर्ण प्रतिबद्धताको साथमा निरन्तर गरिरहेको छ। यस अवसरमा वरिष्ठ भाजपा नेता श्याम जाजू , सांसद योगेन्द्र चँदोलिया, विधायक राजकरण खत्री तथा संस्थासित जोड़िएका मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande