वर्ष 2025-मा दिल्ली मेट्रोमा 235.8 कड़ोर यात्रा भयो
वर्ष 2025-मा दिल्ली मेट्रोमा 235.8 कड़ोर यात्रा भयो


नयाँ दिल्ली, 15 मार्च (हि.स.)। दिल्ली-एनसीआरको लाइफलाइन मानिने दिल्ली मेट्रोले पछिल्लो वर्ष 2025-मा यात्री संख्याको नयाँ रेकर्ड बनाएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) अनुसार सम्पूर्ण वर्षमा लगभग 235.8 कड़ोर यात्रीहरूले यात्रा गरे जुन वर्ष 2024-को तुलनामा अधिक हो। वर्ष 2025- मा प्रतिदिन हरदर 64.60 लाख यात्रीहरूले मेट्रोमा यात्रा गरे। हालैमा पिंक लाइन र मजेन्टा लाइन गरी दुई वटा नयाँ सेक्शनको उद्घाटन भए सँगसँगै दिल्ली मेट्रो भारतको सबैभन्दा विशाल परिचालित मेट्रो प्रणाली भएको छ। देशका 26 वटा शहरहरूमा अहिलेसम्ममा 1143 किलोमीटर लामो मेट्रो नेटवर्क संचालन भइरहेको छ जसमा प्रतिदिन लगभग 1.15 कड़ोर यात्रा हुन्छ भने यसमध्ये 55 प्रतिशतभन्दा अधिक दिल्ली मेट्रो नेटवर्कमा मात्र हुन्छ।

डीएमआरसीका प्रधान कार्यकारी निदेशक अनुज दयालले आइतवार भने, दिल्ली मेट्रोले राजधानीमा शहरी परिवहनलाई नयाँ दिशा दिएको छ। यसबाट यात्रा समय कम हुनको सातै सड़क जाममा पनि कमी आएको छ अनि पर्यावरण अनुकूल सार्वजनिक परिवहनलाई प्रोत्साहन प्राप्त भएको छ।

दिल्ली-एनसीआरमा मेट्रो नेटवर्कको मोठ लम्बाई लगभग 416 किलोमीटर छ जसमा 303 वटा स्टेशनहरू सामेल छन्। यसमा नोएडा-ग्रेटर नोएडा मेट्रोको लगभग 29 किलोमीटर लामो लाइन र गुरूग्रामको ऱ्यापिड मेट्रोको लगभग 13 किलोमीटर लामो लाइन पनि सामेल छ जसले दिल्लीलाई एसीआरका प्रमुख शहरहरूसित जोड़्छ।

डीएमआरसी मुताविक दिल्ली मेट्रोमा हाल 343 वटा ट्रेन (2368 कोच)-हरू संचालन भइरहेका छन्। प्रतिदिन लगभग 4508 ट्रेन ट्रिप्सको माध्यमबाट लगभग 1.40 लाख किलोमीटरको दूरत्व तय गरिन्छ। मेट्रोको समयबद्धता पनि लगभग 99.9 प्रतिशत कायम रहेको छ जसले यसलाई विश्वको सबैभन्दा भरोसायोग्यको मेट्रो प्रणालीमा सामेल गर्छ। बितेका दुई वर्षमा मेट्रो यात्रीहरूको संख्यामा लगातार वृद्धि देखिएको छ। वर्ष 2024- मा मोठ 223.5 कड़ोर यात्रा दर्ता गरिएको थियो भने वर्ष 2025-मा यो बढ़ेर 235.8 कड़ोर पुगेको छ। यसै अवधि कैयौं पटक दैनिक यात्रीहरूको संख्याको रेकर्ड पनि पछि पऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande