नशा विरोधी कारबाहीलाई अझ सशक्त बनाउनको लागि दिल्ली पुलिसको प्रशिक्षण सत्र सम्पन्न
नशा विरोधी कारबाहीलाई अझ सशक्त बनाउनको लागि दिल्ली पुलिसको प्रशिक्षण सत्र सम्पन्न


नयाँ दिल्ली, 15 मार्च (हि.स.)। नशा विरोधी अभियानहरूलाई अझ् प्रभावकारी बनाउने उद्देश्यले दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी नारकोटिक्स टास्क फोर्स (एएनटीएफ)-ले जाँच अधिकारीहरूको लागि विशेष संयुक्त प्रशिक्षणसत्र आयोजना गऱ्यो। यो प्रशिक्षण गए 14 मार्चको दिन पुलिस मुख्यालयस्थित आदर्श अडिटोरियमको हाइब्रिड मोडमा आयोजना गरिएको थियो जसमा 611 जना अधिकारीहरूले भाग लिएका थिए।

यस प्रशिक्षण सत्रमा 209 जना अधिकारी अडिटोरियममा उपस्थित थिए भने 402 जना अधिकारीहरू भर्चुअल माध्यमबाट जोड़िएका थिए। प्रतिभागीहरूमा उपनिरीक्षकदेखि लिएर सहायक पुलिस आयुक्त स्तरसम्मका अधिकारी, ड्यूटी अफिसर औ एमएचसी (एम) सामेल थिए।

पुलिस मुख्यालयबाट प्राप्त जानकारी अनुसार दिल्ली पुलिस विशेष रूपमा क्राइम ब्राञ्च र एएनटीएफले नशा विरूद्ध “जीरो टलरेन्स पोलिसी” अन्तर्गत कड़ा कारबाही गरिरहेको छ। यसको साथै जागरूकता, पुनर्वास अनि सामुदायिक सहभागिता जस्ता पक्षहरूमा पनि बहुआयामी रणनीति अन्तर्गत काम गरिरहेको छ। पुलिसका एकज ना वरिष्ठ अधिकारीले बताए, प्रशिक्षणमा अधिकारीहरूलाई एनडीपीएस अधिनियम अन्तर्गत मामिलाहरूको मजबुत जाँच तथा ठोस प्रमाणको महत्वको बारेमा जानकारी दिइयो। विशेष गरी वाणिज्यिक मात्रासित जोड़िएको मामिलामा वित्तीय जाँचमाथि बल दिइयो ताकि मदाक पदार्थ तस्करहरूको आर्थिक गतिविधिमाथि प्रभावकारी प्रहार गर्न सकियोस्।

सत्रमा नशा तस्करहरू विरूद्ध विशेष अधिनियम अन्तर्गत अधिकभन्दा अधिक निरोधात्मक कारबाही गर्नेमाथि पनि बल दिइयो। यस अतिरिक्त एनसीबीद्वारा संचालित हेल्पलाइन 1933- को बारेमा पनि जानकारी दिइयो जसको माध्यमबाट नागरिकहरूले गोपनीय रूपमा नशा सम्बन्धि सूचना दिन सकुन् तथा सहायता प्राप्त गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande