नेचर बजारमा भयानक आगलागी, 40 भन्दा अधिक दोकानहरू जलेर स्वाहा
नेचर बजारमा भयानक आगलागी, 40 भन्दा अधिक दोकानहरू जलेर स्वाहा


नयाँ दिल्ली, 15 मार्च (हि.स.)। दिल्लीको वसन्त कुञ्ज क्षेत्रस्थित नेचर बजारमा आइतवार बिहान भीषण आगो लाग्यो। हेर्दा-हेर्दै आगोले बजारका केही दोकानहरूलाई आफ्नो चपेटमा लियो। दमकल विभाग मुताविक लगभग 40-50 वटा दोकानहरू जलेर खरानी भयो। तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना छैन।

दिल्ली दमकल विभागका जनसम्पर्क अधिकारी राजिन्दर अटवाल अनुसार आइतवार बिहान लगभग 7:37 बजी कन्ट्रोल रूमलाई आगो लागेको सूचना प्राप्त भयो। आगो अम्बेडकर कलोनीस्थित नेचर बजार, दिल्ली हाट अँधेरिया मोड़ नजिक छतरपुरको मेट्रो स्टेशनको नजिक लागेको बताइयो। सूचना पाउनसाथ दमकल विभागले तुरून्त कारबाही गर्दै शुरूआती रूपमा दुई वटा वाटर डेण्डर, दुई वटा ब्राउजर, एउटा ब्रीदिंग फायर टेण्डर र एउटा क्लिक रेसपन्स व्हीकललाई घटनास्थल तर्फ प्रस्थान गराइयो। घटनास्थलमा पुगेर दमकल अधिकारीहरूले आगोको भयानक रूपलाई देखेर बिहान 8 बजे “मेक-4” कल जारी गरिदिए जसपश्चात अतिरिक्त दमकल वाहनहरूलाई घटनास्थलमा पठाइयो। पछि तीन वटा वाहन घटनास्थलमा आइपुगे। दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रित गरे।

दमकल अधिकारीहरू अनुसार आगो बजारका लगभग 40 वटा स-साना दोकानहरूमा लागेको थियो जसले गर्दा त्यहाँ राखिएका सामानहरू पूर्ण रूपले जलेर नष्ट भएको छ।आगलागीको कारण हाल पत्तो लाग्न सकेको छैन। शुरुआती आशंकामा शर्ट सर्किट रहेको बताइँदैछ।

स्थानीय मानिसहरूको भनाइ छ, बिहान बजारमा भीड़ कम भएको कारण ठूलो दुर्घटना हुनदेखि बच्यो। आगलागीपछि क्षेत्रमा लामो समयसम्म धुँवाको मुस्लो रहिरह्यो। दमकल विभागको भनाइ छ, कुलिंग अपरेशन पूरा भएपछि आगलागीको कारण पत्तो लगाउन विस्तृत जाँच गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande