
कोलकाता, 15 मार्च (हि.स.)। गिरिश पार्क क्षेत्रमाभाजपार तृणमूल कंग्रेसकासमर्थकहरूबीचभएकोहिंसक झड़पकोमामिलामा आइतवार बिहनसम्ममा नौजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ।
पुलिस सूत्रअनुसार गएशनिवार राति तृणमूल तथा भाजपा दुवैको पक्षबाट लिखित सिकायत दर्ता गरियो। यद्यपि पुलिसले यस अगावै स्वतः संज्ञान लिएर एउटा मामिला दर्ता गरेको थियो। झड़पमा घाइते भएका दुईजना पुलिस कर्मीहरू अहिले पनि अस्पतालमा उपचाराधिन छन् भने अन्य छःजना घाइतेहरूलाई अस्पतालबाट छुट्टी दिइएको छ।
उल्लेखनीय छ, गए शनिवार ब्रिगेड मैदानमा आयोजित प्रधानमन्त्रीको सभामा सामेल हुन गइरहेका भाजपा कार्यकर्ता तथा स्थानीय तृणमूल कार्यकर्ताहरूबीच गिरिश पार्क क्षेत्रमा झड़प भएको थियो। यस अवधि राज्यकी मन्त्री शशि पाञ्जाको घरमा पनि हमला भएको आरोप लगाइयो। भाजपा समर्थकहरूमाथि भएको हमला तथा दुई पक्षमाझ भएको ढुङ्गामुड़ाको कारणले सम्पूर्ण क्षेत्र रणभूमिमा परिमत भएको थियो। स्थितिलाई नियन्त्रण गर्ने क्रममा बउ बजार थानाका ओसी ईँटाले लागेर गम्भीर रूपमा घाइते भए। तृणमूल कंग्रेसको आरोप छ, प्रधानमन्त्रीको सभामा जाने क्रममा भाजपा कार्यकर्ता तथा समर्थकहरूले स्थानीय विधायक एवं मन्त्री शशि पाञ्जाको घरमा हमला गरे जसले गर्दा क्षेत्रमा तनाउ फैलियो अनि जवाफी हमला गरेको आरोप तृणमूलमाथि लागेको छ। हेर्दा-हेर्दै दुई पक्षबीच ढुङ्गामुड़ा हुन थाल्यो जसमा केही भाजपा कार्यकर्ताहरू घाइते भए।
सूचना पाउनसाथ ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो।
भाजपाको दाबी छ, उनीहरूको शान्तिपूर्ण ऱ्यालीमा तृणमूल समर्थित असामाजिक तत्वहरूले सुनियोजित हमला गऱ्यो। अर्कोतिर तृणमूलको भनाइ छ, क्षेत्रमा उक्साहटको स्थिति उत्पन्न गर्दै मन्त्रीको घरमा हमला गऱ्यो।
यस सम्पूर्ण घटनाक्रमको सिलसिलामा आइतवार बिहानसम्ममा नौजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा