
पुँछ, 15 मार्च (हि.स.)। जम्मू-कश्मीरको पुँछ जिल्लामा गए शनिवार ड्यूटीमा तैनाथ भारतीय सेनाका एकजना जूनियर कमिशण्ड अफिसर (जेसीओ)-को हृदयाघातको कारणले मृत्यु भयो। आधिकारिकक सूत्र अनुसार मृतक जेसीओको पहिचान सुबेदार सन्दीप कुमार ढाकाको रूपमा भएको छ। भनिन्छ, ड्यूटी गर्ने क्रममा उनलाई अचानक हृदयाघात भयो।
हृदयाघात भएको तुरून्तैपछि उनलाई नजिकैको सैन्य अस्पतालमा लगियो, तर त्यहाँ पुग्दा डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। पछि शवलाई अग्रिम मेडिको-लीगल औपचारिकताको लागि उपजिल्ला अस्पताल (एसडीएच) सुरनकोटमा पठाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा