रांगाली प्राथमिक अस्पतालको नयां भवनको शिलान्यास
रांगाली प्राथमिक अस्पतालको नयां भवनको शिलान्यास


सिलगढ़ी, 15 मार्च (हि. स.)। ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूलाई मजबुत बनाउने उद्देश्यले सिलगढ़ी महकुमाको खोरीबाड़ी ब्लकस्थित रांगाली प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ पहल गरिएको छ। यहाँ चाँड़ै नै इण्डोर औ आउटडोर दुवै प्रकारको चिकित्सा सुविधासँगसँगै दश बेडको दिवा-रात्रि सेवा शरू गरिनेछ। आइतवार नयाँ भवनको सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोषले शिलान्यास गरे।

यस अवसरामा महकुमा परिषदका सह-सभाधिपति, अन्य सदस्य औ जिल्ला स्वास्थ्य अधिकारी डा. तुलसी प्रामाणिक उपस्थित थिए।प्राप्त जानकारी अनुसार राज्य स्वास्थ्य विभागको आर्थिक सहयोगमा लगभग 01 कड़ोर 42 लाख रुपियाँको लागतमा स्वास्थ्य केन्द्रको लागि नयाँ भवन निर्माण गरिनेछ।

सभाधिपति अरुण घोषले भने, मुख्यमन्त्रीको पहलमा राज्यका स्वास्थ्य सेवाहरूमा व्यापक सुधार भएको छ। सुस्वास्थ्य केन्द्रहरूदेखि लिएर प्राथमिक अस्पतालहरूसम्ममा सुविधा बढ़ाइँदैछ जसबाट अब रांगाली निवासीहरूलाई यहीँ नै राम्रो तथा निःशुल्क उपचार प्राप्त हुनेछ। जिल्ला स्वास्थ्य अधिकारी डा. तुलसी प्रामाणिकले भनिन्, पहिला यहाँ दिवा चिकित्सा सेवा मात्र उपलब्ध थियो भने अब 24 घण्टै उपचार तथा दश बेडको सुविधा प्राप्त हुनेछ जसबाट स्थानीय मानिसहरूलाई ठूल राहत हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande