फर्रूखाबादमा डम्परको ठक्करले तीन दाज्यु-भाइको मृत्यु
फर्रूखाबादमा डम्परको ठक्करले तीन दाज्यु-भाइको मृत्यु


फर्रुखाबाद, 15 मार्च (हि.स.)। उत्तर प्रदेशको फर्रुखाबादमा कस्बा तथा थाना नवाबगञ्जको मुख्य चौरस्तामा गए शनिवार अबेर राति एउटा अनियन्त्रित डम्परले बाइक सवार तीन जना युवकहरूलाई कुल्चियो। यस भयानक दुर्घटनामा बाइक सवार तीनै दाज्यु-भाइ (बड़ा-काकाका छोरा)-हरूको घटनास्थलमै पीड़ादायी मृत्यु भयो।

राजस्थान नम्बरधारी बजरी लादिएको डम्पर बाइकलाई ठक्कर दिँदै एउटा पुरानो रूखलाई उखालेर एउटा दोकानभित्र पस्यो जसले गर्दा त्यहाँ राखिएको एउटा कार पनि क्षतिग्रस्त भयो। मृतकहरूको पहिचान जिल्ला एटाको थाना नयाँ गाउँ निवासी पुष्पेन्द्र (20), अर्पित यादव (15) र निशु (15)- को रूपमा भएको छ। तीनैजना काका-बड़ाका छोराहरू थिए जो घरबाट खेतमा जानको लागि हिँड़ेका थिए। पुलिसले बाइक नम्बर तथा सोशल मीडियाको मद्दतले परिवारलाई सूचना दियो।

थाना प्रभारी निरीक्षक राजीव कुमारले बताए, डम्पर चालक घटनास्थलबाट भागेको छ। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर वाहनलाई जफत गरेको छ। स्थानीय मानिसहरूले चौरस्तामा ब्रेकर तथा हाई मास्क लाइट नभएकोमा रोष व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande